शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

परिवारलाई दुर्घटना बीमा वापत १० लाख रुपैयाँ हस्तान्तरण

बिहीबार, १४ वैशाख २०८०, १३ : ४०
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि‍.ले सवारी दुर्घटनामा परी ज्यान गुमाएका पीडित परिवारलाई दुर्घटना दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको छ । बैंक कोहलपुर–११ का स्व। जयप्रकाश घर्तीको परिवारलाई बीमा दाबी भुक्तानी वापत १० लाख उपलब्ध गराएको हो । 

पीडितले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेका थिए । बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड सँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो । बैंकले बुधबारका कोहलपुर–११ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त बीमा दाबी भुक्तानी बापतको रकम मृतकको सलिना वली घर्तीलाई हस्तान्तरण गरेको छ । उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय के।सी र वडा अध्यक्ष कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप