एसीसी प्रिमियर कप : रोहितको कप्तानी इनिङ्समा नेपालले बनायो २ सय ८१ रन
काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको छ । वर्षाले प्रभावित बनेको खेल ४२ ओभरमा छोट्याइएको थियो । डकवर्थ लेविसको आधारमा कुवेतले २ सय ८१ रनकै लक्ष्य पाएको छ ।
नेपालका लागि कप्तान रोहित पौडेल नायक बने । उनले ९४ बलमा ९४ रन बनाउँदै नेपाललाई विशाल योगफलतर्फ डोर्याएका थिए । ४१ औँ ओभरमा आउट हुनअघि पौडेलले ७ चौका र ३ छक्का हिर्काए ।
नेपालमा खेलमा राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले तीव्र गतिमा रन बनाउँदै ७७ रनको साझेदारी गरेका थिए । ३९ बलमा ४३ रन बनाएर भुर्तेल आउट भएपछि भने नेपालले ३ रनको अन्तरमा तीन विकेट गुमाउन पुगेको थियो । भीम सार्की मात्र एक रन बनाएर आउट भए भने लगत्तै शेख पनि ३१ रन बनाएर आउट हुन पुगे ।
त्यसपछि कप्तान पौडेलले र कुशल मल्लसँग मिलेर नेपालको इनिङ्ग्स सम्हालेका थिए । खेलको २४ औँ ओभरमा पानी परेपछि खेलको ओभर छोट्याइएको थियो । मल्ल ४४ बलमा ५७ बल बनाएर आउट भए । उनले यस क्रममा ४ चौका र चार छक्का हिर्काए । रोहित र कुशलले शतकीय साझेदारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण