संसदीय समितिहरूको बैठक बोलाउने तयारी, पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने
काठमाडौँ । प्रतिनिधि सभाले १० वटा विषयगत समितिको गठन गरेसँगै सङ्घीय संसद् सचिवालयले समितिको पहिलो बैठक बोलाउने तयारी गरेको छ ।
प्रतिनिधि सभाको गत शुक्रवारको बैठकले १० वटा विषयगत समितिहरू गठन गरेको छ । यससँगै सङ्घीय संसद् सचिवालयले समितिको पहिलो बैठक बोलाएर समिति सभापति चयनको प्रक्रिया अगाडी बढाउने तयारी थालेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् सचिवालयले समितिको बैठक बोलाउने प्रक्रिया प्रारम्भ भइसकेको बताए । उनले संसद् सचिवालयले समिति गठन भएको जानकारी सम्बन्धित समिति सचिवालयलाई गराइसकेको पनि बताए ।
पहिलो बैठकअघि सभामुखले संसदीय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्ने सङ्घीय संसद् सचिवालयका प्रवक्ता गिरीले बताए । समिति सचिवालयले पनि समितिको ज्येष्ठ सदस्यसँग समन्वय गरेर मिति तय गरी पहिलो बैठक बोलाइने उनले जानकारी दिए । प्रवक्ता गिरीले सबै समितिहरूको पहिलो बैठक एकै पटक बस्न सक्ने बताए । समितिको बैठक बस्न कुनै प्रकारको बाधा नरहेको पनि स्पष्ट पारे ।
प्रवक्ता गिरीले सभामुखले तोकेको दिनमा समिति सभापतिको निर्वाचन हुने र सो को सूचना प्रतिनिधि सभाका सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने नियमावलीमा व्यवस्था रहेको बताए ।
प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरू रहेका छन् । यसको साथै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरू रहने गरी दुईवटा विषयगत समितिहरू पनि छन् । प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकले समितिमा रहने सदस्यहरूको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो । प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य रहेका अनि मन्त्रिपरिषद् सदस्य भएकाहरू सबै समितिमा उत्तरदायी भूमिकामा रहने भएकोले विषयगत समितिहरूमा सदस्य तोकिने व्यवस्था छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण