शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा

मङ्गलबार, १९ वैशाख २०८०, १४ : १९
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी छन् । 

मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको छैटौँ सञ्चार तथा सूचना प्रविधि दिवस मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी हुन् । 

मन्त्री शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन फोरजी सेवा देशभर बिस्तार गरिएको बताइन् । त्यस्तै सबै स्थानीय तहसम्म ब्रोडब्याण्ड सेवा पु¥याउने गरी कार्यक्रम सञ्चालन भइरहेको पनि जानकारी गराइन् । 

 मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, बिस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावली लगायतका कानुनी व्यवस्थाका लागि सरकार लागिरहेको स्पष्ट पारिन् । उनले सञ्चार तथा सूचना प्रविधि नीतिको पुनरावलोकन, साइबर सुरक्षा नीति, सूचना प्रविधि सम्बन्धी विधेयक, साइबर सुरक्षा विधेयक, दूरसञ्चार सम्बन्धी विधेयक जस्ता सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउन आवश्यक पर्ने कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको पनि उल्लेख गरिन् । 

उनले भनिन् ‘सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र यसको सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावली लगायतका कानुनी व्यवस्थाका लागि सरकार लागिरहेको छ । सञ्चार तथा सूचना प्रविधि नीतिको पुनरावलोकन, साइबर सुरक्षा नीति, सूचना प्रविधि सम्बन्धी विधेयक, साइबर सुरक्षा विधेयक, दूरसञ्चार सम्बन्धी विधेयक जस्ता सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई सुदृढ बनाउन आवश्यक पर्ने कानुनी व्यवस्थाका लागि सरकारले कार्य गरिरहेको छ ।’

उनले सुशासन सरकारको प्राथमिकतामा रहेको बताइन् ।  मन्त्री शर्माले देशमा भएका बेथितिहरूको अन्त्य गर्न र सेवा प्रवाहको क्षेत्रलाई सहज बनाउन सरकार लागिरहेको बताइन् । सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिका साथ अघि बढाइरहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप