शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा बुधबारदेखि नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल

मङ्गलबार, १९ वैशाख २०८०, १८ : ५५
मङ्गलबार, १९ वैशाख २०८०

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दोस्रो पटक नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको आयोजना गरिने भएको छ । बुधबारदेखि वीरेन्द्रनगरमा उक्त चलचित्र महोत्सव सुरु हुने भएको हो । 

द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा हुने उक्त महोत्सव ३ दिन चल्ने छ । ‘सबैका लागि मानवअधिकार उत्सव’ नारा दिइएको उत्सवमा विशेषगरी मान अधिकारसँग सम्बन्धित चलचित्र देखाइने छ । 

महोत्सवको पहिलो चरण सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा रहेको सुदूरपश्चिम  विश्वविद्यालय वैशाख १५ देखि १७ गतेसम्म भएको थियो । दोस्रो चरण फेस्टिभल वैशाख २०, २१ र २२ गते मध्यपश्चिम विश्वविद्यालयको हलमा आयोजना हुने नेपालका लागि युरोपियन युनियनकी राजदूत नोता डेप्रेजले जानकारी दिइन् । 

मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७५ वर्ष पुगेको र आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने र सबैको मानवअधिकारको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने उद्देश्य उनको भनाइ छ । 

महोत्सवमा युरोपका ८ सहित केही नेपाली चलचित्रहरु समेत प्रदर्शन गरिने छ । ‘चलचित्र हेरेर मात्र होइन, उक्त चलचित्रबाट मानिसले व्यवहारमा पनि लागु गर्नुपर्छ भन्ने उद्देश्य हो,’ राजदूत नोनाले भनिन् । 

यस वर्षको नेपाल युरोपियन फिल्म फेस्टीभलको ब्राण्ड एम्ब्यासडरको रुपमा अभिनेत्री मिरुना मगर रहेकी छन् । चलचित्र प्रदर्शन मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप