म्यानमारमा सैनिक सरकारद्वारा दुई हजार बन्दीलाई आममाफी
याङ्गुन । म्यान्माको सैनिक सरकारले दुई हजार एक सय ५३ जना बन्दीलाई आममाफी दिएको छ । दुई वर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्रा गरेको थियो । सैनिक सरकारको विरोध गरेका ती बन्दीमध्ये केही रिहा हुन लागेका हुन् ।
आगामी शुक्रबार बुद्धपूर्णिमाको अवसरमा बन्दीलाई रिहा गरिनेछ । अधिकतम तीन वर्ष जेलसजाय भोगेकाहरूमध्येबाट ती बन्दी रिहा हुन लागेका हुन् । सैनिक सरकारको विरोध गरेको हजारौँलाई कारगारमा कोचिएको छ । सामान्यतया राष्ट्रिय पर्वका बेला म्यान्माले आममाफी घोषणा गर्दै आएको छ । चीनका विदेशमन्त्री छन गङको भ्रमणपछि आममाफीको घोषणा भएको हो । मङ्लबार उनले सैनिक सरकारका वरिष्ठ अधिकारीहरूसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
चीनले म्यान्माको सार्वभौमसत्ताको सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै शान्ति र मेलमिलापका निम्ति सहयोग गर्न बेइजिङ सधैँ तत्पर रहने बताउँदै आएको छ । म्यान्मामा चीनको सहयोगमा विकास–निर्माणका धेरै पूर्वाधार परियोजना सञ्चालित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण