विभिन्न माग राखी नेपाल शिक्षक महासंघले प्रदर्शन गर्ने
बिहीबार, २१ वैशाख २०८०, ११ : ०९
काठमाडौँ । नेपाल शिक्षक महासंघले विभिन्न माग अघि सारेर विरोध प्रदर्शन गर्ने भएको छ । यही वैशाख २९ गते माइतीघर मण्डलामा विविध माग राखी प्रदर्शन गर्ने भएको हो ।
महासंघले विद्यालय कर्मचारी र बाल कक्षाका शिक्षकको तलब वृद्धिको माग राखेको छ । त्यस्तै शिक्षकको तलबमान जारी गर्दा विभेद भएको ग्रेड तथा तलब मिलान गर्नुपर्ने समेत माग अघि सारेको छ । त्यस्तै शिक्षकको तलब मासिकरुपमा भुक्तानी दिने प्रबन्ध गर्नुपर्ने माग राखेको छ ।
शिक्षामा गर्ने लगानी कुल बजेटको २० प्रतिशत कायम गराउनुपर्ने समेत माग राखेको छ ।
२०७५ चैत ४ पछि स्थायी भएका शिक्षकको लागि अविलम्ब योगदानमा आधारित पेन्सन पद्धति थालनी गर्न समेत महासंघले माग राखेको छ । उक्त मागबारे सरकार गम्भीर नबनेको खण्डमा कडा आन्दोलन गर्ने समेत महासंघले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण