शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोस्टरमा यस्तो देखियो ‘टुल्की’

बिहीबार, २१ वैशाख २०८०, १४ : ३८
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । बहुपतिप्रथामा आधारित फिल्म हो ‘टुल्की’ । अगामी जेठ १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मको प्रचारप्रसार सुरु भएको छ । 

निर्माण युनिटले फिल्मको २ पोष्टर सार्वजनिक गर्दै प्रचार प्रसार थालेको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार शिशिर वाङ्देल, स्वस्तिमा कार्कीले प्राथमिकता पाएका छन् ।

द पाल्म गुप्र प्रालीको ब्यानरमा निर्माण भएको निर्माता शेखर लामा हुन् । हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथामा आधारित ‘टुल्की’ डोल्पामा छायाङ्कन गरिएको छ ।

देव थापाको निर्देशन रहेको फिल्ममा सुशील अधिकारी र नवराज घिमिरेको छायांकन छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामाले निर्माण सहकार्य गरेका छन् । 

बाबुलाल लामा कार्यकारी निर्मातामा रहेका फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय छ । फिल्म डिसिएन र रिच इन्टरटेन्टमेन्टले वितरण गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप