पोस्टरमा यस्तो देखियो ‘टुल्की’
काठमाडौँ । बहुपतिप्रथामा आधारित फिल्म हो ‘टुल्की’ । अगामी जेठ १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्मको प्रचारप्रसार सुरु भएको छ ।
निर्माण युनिटले फिल्मको २ पोष्टर सार्वजनिक गर्दै प्रचार प्रसार थालेको छ । पोस्टरमा फिल्मका मुख्य कलाकार शिशिर वाङ्देल, स्वस्तिमा कार्कीले प्राथमिकता पाएका छन् ।
द पाल्म गुप्र प्रालीको ब्यानरमा निर्माण भएको निर्माता शेखर लामा हुन् । हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथामा आधारित ‘टुल्की’ डोल्पामा छायाङ्कन गरिएको छ ।
देव थापाको निर्देशन रहेको फिल्ममा सुशील अधिकारी र नवराज घिमिरेको छायांकन छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा आरपी कर्माचार्य र उजेली लामाले निर्माण सहकार्य गरेका छन् ।
बाबुलाल लामा कार्यकारी निर्मातामा रहेका फिल्ममा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय छ । फिल्म डिसिएन र रिच इन्टरटेन्टमेन्टले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले बिनायो टर्कीबिरुद्ध २ गोलको अग्रता
-
एमालेले कसरी छान्दैछ प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार ?
-
निर्वाचनबाट रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
-
रत्न आभूषण संघमा बेगानी निर्विरोध
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण