प्रदेश
कञ्चनपुर सशस्त्र प्रहरीका सीमा सुरक्षा प्रमुखमाथि खुकुरी प्रहार
शनिबार, २३ वैशाख २०८०, ०८ : ५०

कञ्चनपुर । सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बीओपी) प्रमुखमाथि खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो ।
शुक्रवार राति होहल्ला गरेको समूहलाई सम्झाउन गएका सई चौंसिरमाथि खुकुरी प्रहार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राति १० बजेको समयमा बिओपी प्रमुखमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट उनको बायाँ पाखुरामा चोट लागेको छ ।
खुकुरी प्रहार गरी फरार रहेकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एरोन फिन्च भन्छन्, ‘आन्द्रे रसेलको क्षमता बुझ्न नसक्दा कोलकाता उपाधि होडबाट बाहिरियो’
-
केरुङबाट काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सुन बरामद
-
प्रधानमन्त्री र ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकबिच भेटवार्ता
-
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
-
भूमि बैंक र सरकारी उद्योगको निजीकरणविरुद्ध आन्दोलनको चेतावनी
-
एनआईएमबीका ग्राहकलाई होलिडे इन रिसोर्टमा छुट