प्रदेश
कञ्चनपुर सशस्त्र प्रहरीका सीमा सुरक्षा प्रमुखमाथि खुकुरी प्रहार
शनिबार, २३ वैशाख २०८०, ०८ : ५०
कञ्चनपुर । सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बीओपी) प्रमुखमाथि खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो ।
शुक्रवार राति होहल्ला गरेको समूहलाई सम्झाउन गएका सई चौंसिरमाथि खुकुरी प्रहार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राति १० बजेको समयमा बिओपी प्रमुखमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट उनको बायाँ पाखुरामा चोट लागेको छ ।
खुकुरी प्रहार गरी फरार रहेकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण