फिल्म ‘द केरला स्टोरी’ को कमाइमा दोस्रो दिन व्यापक वृद्धि
आइतबार, २४ वैशाख २०८०, ११ : ००
भारतको केरलाबाट गायब भएको र इस्लाम धर्म अपनाउने युवतीको कहानीमा बनेको फिल्म ‘द केरला स्टोरी’ को कमाइमा दोस्रो दिन व्यापक वृद्धि भएको छ । सेकनिल्कको सुरुवाती ट्रेन्डका अनुसार फिल्मले दोस्रो दिन अर्थात् शनिवार १२.५० करोड भारुको सङ्कलन गरेको छ ।
फिल्म समीक्षक तरुण आदर्शका अनुसार पहिलो दिन फिल्मको कमाई ८.०३ करोड भारु थियो । फिल्मको कुल कमाई करिब २० करोड भारु पार भएको छ । फिल्मको धेरै नै विवाद भइरहेको छ ।
एक समूहले फिल्मलाई प्रोपागान्डा भनेर खारेज गरिरहेका छन् भने दोस्रो समूहले यसलाई केरलाको वास्तविकता बताइरहेका छन् । यसबारे अहिलेसम्म खुलेर कुराकानी भएको छैन ।
केरलाका मुख्यमन्त्री पिनाराई विजयनले फिल्म निर्माताले ‘लभ जिहाद’ को मुद्दालाई उठाएर सङ्घ परिवारको प्रोपागान्डालाई अघि बढाइरहेको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण