हिमालयन लाइफले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने
काठमाडौँ । तीन बीमा कम्पनीहरू आपसमा गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले मंगलबार (२६ गते)देखि कारोबार सुरु गर्ने भएको छ । गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ आपसमा गाभिएर हिमालयन लाइफ बनेका थिए ।
गुराँस लाइफले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारीअनुसार वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको हो । यी तीन बीमा कम्पनी आपसमा गाभिनका लागि बीमा प्राधिकरणबाट वैशाख १३ गते स्वीकृति प्राप्त गरेका थिए ।
यस्तै, धितोपत्र बोर्डबाट यही वैशाख १९ गते स्वीकृति प्राप्त गरेसँगै कम्पनी रजिस्टारको कार्यालयबाट २० गते स्वीकृति पाएको थियो । कम्पनीहरू आपसमा गाभिन सम्पूर्ण चल/अचल सम्पत्ति र तिर्नुपर्ने सम्पूर्ण कर हिमालयन लाइफले बेहोर्ने सहमतिसँगै मर्जरको स्वीकृत पाएका हुन् ।
हिमालयन लाइफको मुख्य कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने समेत कम्पनीले नेप्सेलाई जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण