मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

डा.लोहनीले भने–ठूला दलका नेता ‘लुटेराको छाउरा’

आइतबार, २४ वैशाख २०८०, १५ : ४४
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका नेताहरुलाई ‘लुटेराको छाउरा’ को संज्ञा दिएका छन् ।  

आफूहरुलाई सामन्तवादका छाउरा भनेकोमा आपत्ति जनाउँदै उनले ठूला दलका नेताहरुलाई लुटेराको छाउरा भनी टिप्पणी गरेका हुन् ।  

आइतबार काठमाडौँमा आयोजित पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन एकताको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पूर्वअध्यक्ष लोहनीले देशका लुटेराहरुलाई मास्ने काम आफ्नो पार्टीले गर्ने चेतावनी समेत दिए ।   लुटेराहरुको विरुद्धमा आवाज उठाउन सक्ने, उनीहरुको भण्डाफोर गर्न सक्ने, महिला हिंसाविरुद्ध आवाज उठाउन सक्ने पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उभ्याउन पार्टीमा आबद्ध महिला नेतृत्वले काम गर्नुपर्ने उनले बताए ।  

पूर्वअध्यक्ष लोहनीले पार्टीको अडान र दृष्टिकोण संवैधानिक राजसंस्था र सनातन हिन्दु धर्म रहेको र यसमा आफूहरु दृढतापूर्वक लागिपर्ने पनि दोहो¥याए ।  

पूर्वअध्यक्ष लोहनीले योगमाया न्यौपाने नेपालमा महिला हक, अधिकारबारे बोल्ने पहिलो महिलायोद्धा भएको स्मरण गराउन उनको पथ अनुशरण गरेर अघि बढ्न पनि पार्टीका महिला नेता, कार्यकर्तालाई सचेत गराए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप