बैठक सुरु हुनासाथै सांसदहरूले बोल्न समय मागेपछि सभामुखलाई सम्झाउन सकस
काठमाडौँ । प्रतिनिधि सभाको बैठकको सुरुमै विभिन्न दलका सांसदहरूले बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेलाई सांसदहरूलाई सम्झाउन कठिन परेको छ । प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठक सुरु भएलगतै विभिन्न दलका सांसदहरूले उठेर आकस्मिक समय मागेपछि सभामुख घिमिरेले झन्डै ५ मिनेट सांसदहरूलाई सम्झाउनु परेको थियो ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, सांसद रघुजी पन्त, नेमकिपा सांसद प्रेम सुवाल, स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सभामुखसँग बोल्नका लागि आकस्मिक समय मागेका थिए । सभामुखले बैठक सुरु हुन दिनुस् त्यसपछि म बोल्न दिन्छु भनेर सम्झाउँदा पनि सांसदहरूले बोल्न समय मागिरहे । सभामुखले निरन्तर आग्रह गरेपछि सांसदहरु आफ्नो आशनमा बसे ।
त्यसपछि सभामुखले संसद्को दोस्रो अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट आएको सन्देश सुनाएका छन् । सभामुखले आकस्मिक समयमा बोल्न दिएपछि नेमकिपा सांसद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा, बालकृष्ण खाण, आरजु राणा जोडिएको बताउँदै छानबिनको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण