शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बैठक सुरु हुनासाथै सांसदहरूले बोल्न समय मागेपछि सभामुखलाई सम्झाउन सकस

आइतबार, २४ वैशाख २०८०, १६ : २४
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । प्रतिनिधि सभाको बैठकको सुरुमै विभिन्न दलका सांसदहरूले बोल्न समय मागेपछि सभामुख देवराज घिमिरेलाई सांसदहरूलाई सम्झाउन कठिन परेको छ । प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठक सुरु भएलगतै विभिन्न दलका सांसदहरूले उठेर आकस्मिक समय मागेपछि सभामुख घिमिरेले झन्डै ५ मिनेट सांसदहरूलाई सम्झाउनु परेको थियो । 

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी, सांसद रघुजी पन्त, नेमकिपा सांसद प्रेम सुवाल, स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सभामुखसँग बोल्नका लागि आकस्मिक समय मागेका थिए । सभामुखले बैठक सुरु हुन दिनुस् त्यसपछि म बोल्न दिन्छु भनेर सम्झाउँदा पनि सांसदहरूले बोल्न समय मागिरहे । सभामुखले निरन्तर आग्रह गरेपछि सांसदहरु आफ्नो आशनमा बसे । 

त्यसपछि सभामुखले संसद्को दोस्रो अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट आएको सन्देश सुनाएका छन् । सभामुखले आकस्मिक समयमा बोल्न दिएपछि नेमकिपा सांसद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा, बालकृष्ण खाण, आरजु राणा जोडिएको बताउँदै छानबिनको माग गरेका छन् ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप