शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता (वक्तव्यसहित)

आइतबार, २४ वैशाख २०८०, १९ : ३०
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेस भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आइतबार प्रतिनिधि सभामा (कर विधेयक बाहेक)को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलका लागि विधेयक पेस गरेका हुन् । 

आर्थिक कठिनाइका बीच ल्याइने आगामी आर्थिक वर्षको बजेटले  दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ परिलक्षित हुने गरी सरकारले बजेटको सिद्धान्त र प्राथमिकता लिने अर्थमन्त्री डा.महतले सभामा जानकारी गराए ।

आगामी आर्थिक वर्षको बजेटले दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वको सिद्धान्तबाट निर्देशित हुने बताउँदै अर्थमन्त्री डा.महतले सामाजिक क्षेत्रको विकास र सामाजिक न्याय, दिगो विकास र जलवायु परिवर्तन, संघीयताको सबलीकरण र  निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने खालको समेत हुने बताए । 

यस्तै, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा सुधारसँगै कृषि उत्पादन र प्रवर्द्धन, रोजगारी, शिक्षा, स्वास्थ्य गरिबी निवारण लगायतका मुद्दा बजेटको प्राथमिकतामा पर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप