यस्तो छ विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता (वक्तव्यसहित)
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेस भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आइतबार प्रतिनिधि सभामा (कर विधेयक बाहेक)को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलका लागि विधेयक पेस गरेका हुन् ।
आर्थिक कठिनाइका बीच ल्याइने आगामी आर्थिक वर्षको बजेटले दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ परिलक्षित हुने गरी सरकारले बजेटको सिद्धान्त र प्राथमिकता लिने अर्थमन्त्री डा.महतले सभामा जानकारी गराए ।
आगामी आर्थिक वर्षको बजेटले दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वको सिद्धान्तबाट निर्देशित हुने बताउँदै अर्थमन्त्री डा.महतले सामाजिक क्षेत्रको विकास र सामाजिक न्याय, दिगो विकास र जलवायु परिवर्तन, संघीयताको सबलीकरण र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने खालको समेत हुने बताए ।
यस्तै, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा सुधारसँगै कृषि उत्पादन र प्रवर्द्धन, रोजगारी, शिक्षा, स्वास्थ्य गरिबी निवारण लगायतका मुद्दा बजेटको प्राथमिकतामा पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण