लहडका योजनाहरू बजेटमा नसमेट्न सांसद शर्माको आग्रह
मङ्गलबार, २६ वैशाख २०८०, १२ : ३७
काठमाडौँ । सांसद विश्वप्रकाश शर्माले आगामी आर्थिक वर्षको बजेटमा लहडका योजनाहरू नहाल्न अर्थमन्त्रीलाई आग्रह गरेका छन् । विगतका वर्षहरूमा यस्ता धेरै लहडका योजनाहरू हालिएकाले बजेट कार्यान्वयनमा मात्र नभएर वित्तीय स्थिति नै कमजोर बन्न पुगेको भन्दै सांसद शर्माले यस पटक सोही गल्ती दोहोर्याउनु नहुने बताए ।
प्रतिनिधि सभामा जारी विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि आफ्नो विचार राख्दै कांग्रेसका महामन्त्री समेत रहेका शर्माले गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थलको निर्माण परियोजना एकै पटक थालनी गरिएको प्रतिसमेत असन्तुष्टि व्यक्त गरे ।
राष्ट्रिय गौरवका आयोजनामा क्रमशः एकपछि प्राथमिकता दिँदै जानुपर्नेमा एकै पटक धेरै र लहडका परियोजनाहरू बजेटमा समेटिदा समस्या आउने गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण