५४ तोला सुन र चाँदी बरामद प्रकरण : दुगड ग्रुपका लेखापाल मुरारका रिहा
विराटनगर । ठूलो परिमाणमा सुन र चाँदीसहित पक्राउ परेका केएल दुगड ग्रुपका लेखापाल विनोदकुमार मुरारकासहित तीन जना धरौटी रकम बुझाएर रिहा भएका छन् ।
राजस्व अनुसन्धान कार्यालय इटहरीले मंगलबार तोकेको ८० लाख ४० हजार ६ सय ८० रुपैयाँ धरौटी रकम बुझाएर मुरारकासहित तीन जना रिहा भएका हुन् ।
राजस्व अनुसन्धान कार्यालयका प्रमुख सुरेश आचार्यका अनुसार बिगो बराबरको धरौटी मंगलबार खुलाइएको हो । ‘तोकेको धरौटी रकम बरावरको बैंक ग्यारेण्टी राखेका छन्,’ प्रमुख आचार्यले भने, ‘धरौटी रकम बुझाएपछि रिहा भएका छन् ।’ धरौटी रकम बुझाएर रिहा भएपनि उनलाई १५ दिनको तारेखमा राजस्वले राखेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मुरारकासहित ५४ तोला सुन, ८ किलो चाँदी र साढे सात लाख भारतीय रुपैयाँसहित ५६ वर्षीया पुष्पा मुरारका र चालक विराटनगर २ का ५२ वर्षीया विमल कामतलाई पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट प्रहरीले वरामद गरेको ६३३.९३ ग्राम सुन अहिलेको बजार मुल्यअनुसार ६० लाख ८७ हजार ५६५ रुपैयाँ, ८७५६.३३ ग्राम चाँदी ६ लाख ४४ हजार २ सय ४५ रुपैयाँ हुन आउँछ ।
यस्तै ८ लाख ४ हजार ७ सय ८९ भारतीय रुपैयाँको नेपाली १२ लाख ८८ हजार ८ सय ७० गरी जम्मा ८० लाख ४० हजार ६ सय ८० रुपैयाँ हुन्छ । त्यत्ति रकम धरौटी तोकिएको थियो ।
मुरारका केएल दुगड कम्पनीका भरपर्दाे लेखापाल हुन् । उनी सुनको शौखिन थिए । उनको छोरा र बुहारी भारतको अहमदवादमा बस्छन् भने छोरी ज्वाइँ पूर्णियामा बस्छन् । आफूले जम्मा गरेको सुन, चाँदी तथा गरगहनाहरू छोरा र छोरीलाई भागबण्डा गर्ने भनेर भारत लिएर जान लागेको उनले प्रहरीलाई बयान दिएका छन् ।
अवैध साढे ७ लाख भारतीय रुपैयाँ भने स्वास्थ्य उपचारका लागि लगेको उनले बताएको प्रहरीले जनाएको छ । यद्यपि ठुला घरानाका लेखापालले बिल बिनाको सुनचाँदी तथा नेपालमा प्रतिबन्ध रहेको भारतीय नोट बोकेर किन हिँडे भन्ने विषय शङ्काकै घेरामा रहेको प्रहरीले जनाएको छ ।
नेपालमा २५ हजारसम्म १ सय दर भन्दा मुनिका भारतीय नोट बोक्न पाइन्छ । तर, १ सय बढी दरका नोटहरू नेपालमा अवैध छ ।
प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनको विराटनगरस्थित पोखरिया स्कुल छेउमा भव्य घर छ । भारतीय नागरिक रहेका उनको नाममा घर कसरी आयो भन्ने विषय पनि खुलेको छैन । उनीसँग भारतको बिहारस्थित कटिहार–१७ को आधार कार्ड रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण