दैलेख आगलागीका गम्भीर घाइतेलाई हेलिकप्टरबाट कोहलपुर लगियो
सुर्खेत । पश्चिम दैलेखको आठबिसमा आगलागीमा परी गम्भीर घाईते भएकाहरुलाई हेलिकप्टरबाट कोहलपुर लगिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको पहलमा गम्भीर घाइते भएका ४ जनालाई कोहलहपुर मेडिकल कलेज लगिएको हो ।
आज दिउँसो आठबिस नगरपालिका–६ अन्तर्गत पर्ने भामे ठुलामेला सामुदायिक वनमा लागेको आगोमा परी १२ जना घाइते भएका थिए । जसमध्ये भैरे विश्वकर्मा, नविन विक, प्रकाश विक, नैना विक गम्भीर घाइते भएका थिए । उनीहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर लगिसकिएको छ भने बाँकी घाइतेलाई लिन दोस्रोपटक हेलिकप्टर आउने आठबिस नगरपालिका दैलेखका प्रमुख प्रकाशकीय अधिकृत दिलबहादुर शाहीले रातोपाटीलाई बताए ।
उनीहरु भामे ठुलामेला सामुदायिक वनमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो निर्माणको काममा त्यहाँ पुगेका थिए । गर्मी बढेपछि वनभित्रको ओडारमा आराम गरिरहेका उनीहरु डढेलोमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण