सिराहामा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते
शुक्रबार, २९ वैशाख २०८०, ०९ : ५८
सिराहा । सिराहाको गोलबजारमा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन् । साथीहरूसँग घाँस दाउरा लिन जङ्गल गएका बेला भालुको आक्रमणबाट गोलबजार नगरपालिका १० का २७ वर्षीय खिमराज सुनुवार घाइते भएका हुन् ।
गाउँ नजिकैको जङ्गलमा चार पाँच जना साथीको समूहमा दाउरा, घाँस गर्न जङ्गल गएका बेला अचानक दुई वटा भालु आएको देखेपछि सवै जना भागे पनि सुनुवार भालुको आक्रमणमा परेको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख सई विश्वबहादुर बुढाथोकीले जानकारी दिए। भालुको आक्रमणबाट सुनुवारको अनुहार, हात, छाती सहित शरीरको विभिन्न भागमा घाउ भएको छ ।
घाइते सुनुवारको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विराटनगर लागिएको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख सई विश्वबहादुर बुढाथोकीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण