बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विपश्यना बीचमै छोडेर भारत फर्किए आमिर खान

शुक्रबार, २९ वैशाख २०८०, १२ : ४२
शुक्रबार, २९ वैशाख २०८०

बलिउड अभिनेता आमिर खान नेपालबाट अपर्झट भारत फर्किएका छन् । उनी विपश्यनालाई बीचमा नै छोडेर स्वदेश फर्किएका हुन् । ध्यान केन्द्रले यसबारे पुष्टि गरेको छ । 

आमिर विपश्यनाका लागि आइतबार नेपाल आएका थिए । उनी १० दिनको ध्यानका लागि नेपाल आएका थिए तर यसलाई बीचमा नै छोडेर उनी भारत फर्किएका छन् । 

उनी शुक्रवार बिहान १०ः५० बजे इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् । उनले ध्यानलाई बीचमै छोडेर किन भारत फर्किए भन्ने बारे जानकारी भने आइसकेको छैन । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप