उद्योगमा लागेको आगो नियन्त्रणमा
शुक्रबार, २९ वैशाख २०८०, १५ : २४

मोरङ । मोरङको बूढीगङ्गा-५ मा रहेको राठी म्यानुफ्याक्चर उद्योगमा आज राति दुई बजेदेखि लागेको आगो अहिले नियन्त्रणमा आएको छ ।
विद्युतीय सामग्री उत्पादन उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्राविधिकले अनुमान गरेका छन् । मोरङ, सुनसरी, झापाका १२ वटा दमकललगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए ।
आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ एवं उत्पादित सामग्री जलेर नष्ट भएका छन् भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी
-
काठमाडौँ – हेटौँडा जोड्ने कुलेखानी–फाखेलको बाटो धमाधम हुँदैछ कालोपत्र (तस्बिरहरू)
-
परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको भेटवार्ता
-
त्रिशूलीमा नुहाउन जाँदा बेपत्ता भएका दुई बालिका मृत फेला
-
भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
-
माओवादीसँग गठबन्धन गर्ने कुनै योजना छैन : कांग्रेस