ढल्न लागेको बूढो रुख
कल्पना नेपाल आचार्य
शीत, ताप, वर्षासँग पौठेजोरी खेल्दै
हरेक कठिन मोडमा भिड्दै
जीवनमा कोपिलालाई फुलाउँदै
फल फलाए, पकाए
आहा !
पाकेका फलहरू दिइरहे निरन्तर
सन्तानहरूले खाइरहे धित मर्ने गरी,
धेरै भएर खान नसक्नेहरू
डकारी रहे, उडाइ रहे
शीतल छहारी तापी रहे
हाँगा, हाँगामा बास बसी
चल्लाहरू कोरी उडिसके
फर्केर नआउने गरी
जब उमेर ढल्दै गयो ।
धेरै वसन्त ऋतुमा
शीतलता तापी बसे
वर्षा ऋतुमा ओत लागिरहे
जब उमेर ढल्दै गयो
हाँगा बिँगा जीर्ण बन्दै गए
मलजलको आवश्यकता
परिरहेको बेला
कोही शीतल छहारी ताप्दैन,
फर्केर हेर्दैन
टुक्रा टुक्रा भागबन्डा लगाउँदै
मेरो शरीरलाई ताछिरहेका छन्
जरै उखेल्ने गरी तानिरहेका छन्
फुलाएका फूलहरू,
खुवाएका फलहरू
सबैले बिर्सिसके
त्यो शीतल छहारी
ढल्दै गरेको बूढो रूपलाई
सहाराविहीन गराएर
टुक्रा टुक्रा बनाई रहेछन्
न त मल, न त जल
आपसमा लुछाचुँडी गरी
जिउँदै जलाउन खोज्दैछन् ।
हालः मानव अधिकार आयोग, ललितपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण