गायक पापोन अस्पताल भर्ना
मुम्बई । बलिउड गायक अंगाराग पापोन महन्ता स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । गायकले सामाजिक सञ्जालमा अस्पतालको तस्बिर शेयर गर्दै यसबारे जानकारी दिएका हुन् । गायकलाई अस्पतालमा देखेर उनका फ्यान पनि रिसाए । इन्स्टाग्राममा फ्यानहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। तस्बिर सेयर गर्दै गायकले आफू बिरामी भएपछि अस्पताल भर्ना भएको बताएका छन् ।
पापोन बलिउडका चर्चित गायक हुन् । उनले धेरै हिट गीत दिएका छन् । केही समयअघि मात्र उनी नेपाल पनि आएका थिए । उनलाई बिहीबार मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो । तस्बिरमा छोराले उनको हेरचाहको लागि उपस्थित भएको देखिन्छ । इन्स्टाको एक पोस्टमा, उनले छोराले कसरी आफ्नो हेरचाहमा रात बिताएको खुलाएका छन् । छोराको तारिफ गर्दै पापोनको यो पोस्ट निकै भाइरल भइरहेको छ ।
पापोनले पछि इन्स्टाग्राम ह्यान्डलमा स्वास्थ्यबारे अपडेट दिँदै लेखे, 'हामी सबै जीवनको हरेक सानो युद्ध एक्लै लड्छौF। मलाई व्यक्तिगत दिनचर्याका कुराहरू सामाजिक सञ्जालमा पोस्ट गर्न मन लाग्दैन, तर हिजोको रात फरक थियो। मेरो १३ वर्षको सानो छोराले अस्पतालमा मसँग रात बिताएको यो पहिलो पटक थियो ! यो एक भावनात्मक क्षण हो र त्यसैले म यसलाई मेरा साथीहरू र प्रशंसकहरूसँग साझा गर्न चाहन्छु।’
पापोनले आफ्नो पोस्टमा थप लेखेका छन्, ‘मलाई याद छ जब म मेरा आमाबुवाका लागि यो गर्थे । उनीहरूले आफ्नो नाति पुहोरलाई यस्तो गरेको देख्न पाएको भए । म धन्य महसुस गरिरहेछु र सबै आशीर्वाद र कामनाहरूको लागि धन्यवाद! म अहिले धेरै राम्रो महसुस गर्दैछु।’
गायकले सामाजिक सञ्जालको पोस्टमा आफ्नो रोगबारे कुनै जानकारी दिएका छैनन् । पापोनले बर्फीको ‘क्युँ...’, ‘हमनवा’, ‘मुझे कैसे पता न चला’, ‘मोह–मोह के धागे’ जस्ता सुपरहिट गीत गाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रतिकार्य तालिम तथा सचेतनामूलक कार्यक्रम सञ्चालन
-
रास्वपा महाधिवेशन : समर्थक र उम्मेदवार मत माग्न व्यस्त (तस्बिरहरू)
-
काठमाडौँबाट दुई घण्टामै पोखरा पुग्ने मन्त्रीको सपना, कसरी बन्ला काठमाडौँ–पोखरा एक्सप्रेस–वे ?
-
दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान
-
पासपोर्ट छपाई प्रकरण : आज पनि महानिर्देशक अर्यालसहित ७ जनाको बयान
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण