लेखा समितिले गर्ने हरेक काम सार्वजनिक गर्न निर्देशन
काठमाडौँ । सार्वजनिक लेखा समिति सभापति (ज्येष्ठ सदस्य) अर्जुनरसिंह केसीले समितिले गर्ने हरेक काम सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै सभापति केसीले देशको अर्थतन्त्रमा देखिएका अनियमितता र भ्रष्टाचारलाई निमुर्ल गर्न कसिएर बसेको समितिले गरेका काम आम जनताले थाहा पाउन समितिका हरेक काम सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।
सार्वजनिक लेखा समितिले गर्ने हरेक कार्यहरु सार्वजनिक गर्न आवश्यक रहेको बताए । सार्वजनिक लेखा समितिका सभापति वा सदस्यहरु पार्टीभन्दा माथि उठेर काम गर्नुपर्ने उनले बताए । निष्पक्ष, यथार्थ र भ्रष्टाचारविरुद्धको अभियन्ताको रुपमा लेखा समितिलाई स्थापित गर्नु अहिलेको आवश्यकता भएको उनले बताए । पछिल्लो समय नीतिगत निर्णयको नाममा सबै राजनीतिक दलहरुबीच आम सहमति गर्ने अवस्था देखिएको भन्दै अब त्यस्तो भए स्वीकार गर्न नहुने उनले बताए । भ्रष्टाचारका सम्बन्धमा संसदीय समिति र सदनमा कुरा उठाउन सक्नुपर्ने उनले बताए ।
सभापति केसीले एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्डहरु बाहिर आएको भन्दै सरकारले निष्पक्ष छानबिन गर्न सक्नुपर्ने बताए । सरकारको बेरुजुको ७५ प्रतिशत भ्रष्टाचार भएको उनले बताए । अहिले १ खर्ब १५ अर्ब ५ करोड बेरुजु रहेको भन्दै मुलुकको अर्थतन्त्र कहाली लाग्दो अवस्थामा रहेको उनले बताए । सार्वजनिक लेखा समितिले सार्वजनिक नीतिगत निर्णयको परिभाषा दिन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण