मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

लेखा समितिले गर्ने हरेक काम सार्वजनिक गर्न निर्देशन

मङ्गलबार, ०२ जेठ २०८०, १४ : २६
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । सार्वजनिक लेखा समिति सभापति (ज्येष्ठ सदस्य) अर्जुनरसिंह केसीले समितिले गर्ने हरेक काम सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन दिएका छन् ।  

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै सभापति केसीले देशको अर्थतन्त्रमा देखिएका अनियमितता र भ्रष्टाचारलाई निमुर्ल गर्न कसिएर बसेको समितिले गरेका काम आम जनताले थाहा पाउन समितिका हरेक काम सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।  

सार्वजनिक लेखा समितिले गर्ने हरेक कार्यहरु सार्वजनिक गर्न आवश्यक रहेको बताए ।   सार्वजनिक लेखा समितिका सभापति वा सदस्यहरु पार्टीभन्दा माथि उठेर काम गर्नुपर्ने उनले बताए । निष्पक्ष, यथार्थ र भ्रष्टाचारविरुद्धको अभियन्ताको रुपमा लेखा समितिलाई स्थापित गर्नु अहिलेको आवश्यकता भएको उनले बताए । पछिल्लो समय नीतिगत निर्णयको नाममा सबै राजनीतिक दलहरुबीच आम सहमति गर्ने अवस्था देखिएको भन्दै अब त्यस्तो भए स्वीकार गर्न नहुने उनले बताए । भ्रष्टाचारका सम्बन्धमा संसदीय समिति र सदनमा कुरा उठाउन सक्नुपर्ने उनले बताए ।  

सभापति केसीले एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्डहरु बाहिर आएको भन्दै सरकारले निष्पक्ष छानबिन गर्न सक्नुपर्ने बताए । सरकारको बेरुजुको ७५ प्रतिशत भ्रष्टाचार भएको उनले बताए ।   अहिले १ खर्ब १५ अर्ब ५ करोड बेरुजु रहेको भन्दै मुलुकको अर्थतन्त्र कहाली लाग्दो अवस्थामा रहेको उनले बताए ।  सार्वजनिक लेखा समितिले सार्वजनिक नीतिगत निर्णयको परिभाषा दिन आवश्यक रहेको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप