बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय हाताबाट शैक्षिक सामग्री नबेच्न केन्द्रको निर्देशन

मङ्गलबार, ०२ जेठ २०८०, १८ : २७
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय हाताबाट शैक्षिक सामग्री नबेच्न निर्देशन जारी गरेको छ । देशभरका सबै विद्यालयलाई निर्देशन दिँदै विद्यालय हाताबाट व्यावसायिक रूपमा कुनै पनि शैक्षिक सामाग्री बिक्री वितरण नगर्न भनेको हो ।

शिक्षा नियमावली २०५९ को नियम ३७ मा विद्यालय हाताबाट शैक्षिक सामाग्री विक्री वितरण गर्न निषेध गरेको छ ।

शिक्षा नियमावलीको ३७ मा स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू नगरेमा वा पाठ्यपुस्तक खरिद गर्न लगाएमा सजाय गर्न सकिने व्यवस्था छ । त्यसरी विद्यालयबाटै पाठ्यपुस्तक खरिद गर्न विद्यार्थीलाई बाध्य गराएमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले त्यस्तो प्रधानाध्यापकलाई ऐन बमोजिम सजाय गर्नसक्ने व्यवस्था छ ।

कतिपय विद्यालयहरूले व्यवसायिक रूपमा  शैक्षिक सामग्री विक्री वितरण गरेको भन्ने गुनासो आएको केन्द्रले जनाएको छ ।

केन्द्रकी निर्देशक सविता दंगालले विद्यालय हाताबाटै शैक्षिक सामाग्री बिक्री वितरण गर्ने गरेको गुनासो आएपछि त्यस्तो नगर्न निर्देशन दिइएको बताइन् ।

सबै स्थानीय तहलाई त्यसको अनुगमन गर्न केन्द्रले अनुरोध गरेको छ । त्यस्तै शिक्षा विकास तथा समन्वय इकाइलाई अनुगमन गरी त्यसको प्रतिवेदन पेश गर्न भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप