विद्यालय हाताबाट शैक्षिक सामग्री नबेच्न केन्द्रको निर्देशन
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय हाताबाट शैक्षिक सामग्री नबेच्न निर्देशन जारी गरेको छ । देशभरका सबै विद्यालयलाई निर्देशन दिँदै विद्यालय हाताबाट व्यावसायिक रूपमा कुनै पनि शैक्षिक सामाग्री बिक्री वितरण नगर्न भनेको हो ।
शिक्षा नियमावली २०५९ को नियम ३७ मा विद्यालय हाताबाट शैक्षिक सामाग्री विक्री वितरण गर्न निषेध गरेको छ ।
शिक्षा नियमावलीको ३७ मा स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू नगरेमा वा पाठ्यपुस्तक खरिद गर्न लगाएमा सजाय गर्न सकिने व्यवस्था छ । त्यसरी विद्यालयबाटै पाठ्यपुस्तक खरिद गर्न विद्यार्थीलाई बाध्य गराएमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले त्यस्तो प्रधानाध्यापकलाई ऐन बमोजिम सजाय गर्नसक्ने व्यवस्था छ ।
कतिपय विद्यालयहरूले व्यवसायिक रूपमा शैक्षिक सामग्री विक्री वितरण गरेको भन्ने गुनासो आएको केन्द्रले जनाएको छ ।
केन्द्रकी निर्देशक सविता दंगालले विद्यालय हाताबाटै शैक्षिक सामाग्री बिक्री वितरण गर्ने गरेको गुनासो आएपछि त्यस्तो नगर्न निर्देशन दिइएको बताइन् ।
सबै स्थानीय तहलाई त्यसको अनुगमन गर्न केन्द्रले अनुरोध गरेको छ । त्यस्तै शिक्षा विकास तथा समन्वय इकाइलाई अनुगमन गरी त्यसको प्रतिवेदन पेश गर्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण