पर्यटक भिसामा साउदी अरबमा हज गर्न नपाइने
साउदी अरब । पर्यटक भिसामा साउदी अरब जाने यात्रुले हजको समयमा हज र उमराह गर्न नपाउने भएका छन् । हज र उमराह मन्त्रालयले पर्यटक भिसा भएका व्यक्तिहरूलाई हजको समयमा हज र उमराह गर्न अनुमति नदिने जनाएको हो।
९० दिने पर्यटक भिसा भएका व्यक्तिहरूलाई मात्र उमराह गर्न अनुमति दिइन्छ तर हज अवधिमा उनीहरूले त्यसो गर्न सक्ने छैनन्।
मन्त्रालयले पर्यटकलाई नियम पालना गरी भिसाको म्याद सकिएलगत्तै छाड्न आग्रह गरेको छ ।
यसैबीच साउदी अरेबियाले सोमबार मक्का प्रवेशका लागि सवारी साधन र व्यक्ति दुवैलाई अनुमति आवश्यक पर्ने नियम बनाएको छ । मक्कामा जुन २६ बाट हजयात्रा सुरु हुने सम्भावना छ । यो मिति पनि परिवर्तन हुन सक्छ किनकि यो आधिकारिक रूपमा घोषणा गरिएको छैन
साउदी अरबले प्रत्येक देश अनुसार हज कोटा तयार गर्दछ। इन्डोनेसियामा सबैभन्दा बढी कोटा छ। त्यसपछि पाकिस्तान, भारत, बंगलादेश, नाइजेरियाको नम्बर आउँछ। यसबाहेक इरान, टर्की, इजिप्ट, इथियोपिया लगायतका देशबाट हजयात्री आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
-
स्कटल्यान्डले निकाल्यो हाइटी विरुद्ध १–०को जीत
-
किन घट्दै छ सुनको मूल्य ?
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण