सिञ्जाको संस्कृति प्रवर्द्धन गर्न खाना महोत्सव
जुम्ला । सिञ्जाको परम्परागत संस्कृति प्रवर्द्धन गर्न सिञ्जा गाउँपालिकाको नराकोटमा खाना महोत्सव सम्पन्न भएको छ । गाउँपालिकाको व्यवस्थापन र माक्र्सवादी ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना तथा माक्र्सवादी ज्ञान केन्द्र कर्णाली प्रदेशको सह–आयोजनामा यहाँको परम्परागत सांस्कृतिक खाना महोत्सव सम्पन्न गरिएको सिञ्जा गाउँपालिका प्रवक्ता तीर्थ वडले जानकारी दिए ।
दुई दिने उक्त महोत्सवमा गाउँपालिका छ वटै वडावासीबाट रैथाने बालीबाट तयार पारिएका खानाका परिकार विभिन्न स्टलमा राखिएका थिए ।
पहिलो पटक आफ्ना परम्परागत प्राङ्गारिक खानाका परिकार महोत्सवमा राख्न पाउँदा स्थानीयवासी खुसी भएका थिए । खानाका सजावटका साथै स्थानीय देउडा, झोडा, र चुटकिलामार्फत पनि रैथाने खानाको प्रचारप्रसार गरिएको गाउँपालिकाकी उपाध्यक्ष सितली रोकायाको भनाइ थियो ।
रैथाने खानाको प्रवद्र्धनका लागि यो महोत्सवले किसान र उद्यमीदेखी स्थानीयवासीलाई रैथाने बालीको संरक्षण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले अगामी दिनमा त्यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिइन् ।
महोत्सवमा कोदो फापर, मकै, भट्टमास, चिनु, कागुनु मकैका परिकार, खरायोको मासुसमेत राखिएको थियो ।
सिञ्जासहित दस स्थानमा सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको माक्र्सवादी ज्ञान केन्द्रले जनाएको छ । सिञ्जा गाउँपालिका सम्भावनाले मात्रै होइन, आफैँमा ऐतिहासिक ठाउँ पनि हो । यहाँ थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल छन् । यो खस आर्यहरुको ऐतिहासिक थलोका रूपमासमेत परिचित छ ।
ऐतिहासिक तथा धार्मिक केदारनाथ मन्दिर, खस राजाले निर्माण गरेका मठमन्दिर यहाँका लोकप्रिय पर्यटकीयस्थल हुन् । यसैगरी खस वेषभूषा दौरा–सुरुवाल, पटुका, टोपी, आजको नेपाली खाना, हाटबजारको विकास, दमाहा बाजा यहाँका मुख्य चिनारी हुन् ।
राजा नागराजले स्थापना गरेको यो सिञ्जा राज्य ११औँ देखि १६औँ शताब्दीसम्मको अवधिमा शक्तिशाली साम्राज्यका रूपमा चर्चित थियो । नेपाली भाषाको भएको सिञ्जा खस राजवंशकोे राजधानीका रूपमा परिचित थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण