कांग्रेस सहमहामन्त्री मन्सुरको पहलमा निर्माण भएको वृद्धाश्रम सञ्चालनको तयारीमा
बारा । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पहलमा निर्माण भएको सञ्जीवनी बाटिका (वृद्ध आश्रम) सञ्चालनको तयारीमा छ । करिब १ करोड लगानीमा निर्माण सम्पन्न भएको बाटिका अगामी असोज १४ गते अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर उद्घाटन गर्ने जनाएको छ । जीतपुर सिमरा वडा नं ७ मा रहेको सो बाटिकामा वृद्ध वृद्धाहरूका लागि सुविधासम्म भौतिक पूर्वाधारहरू निर्माण गरिएको छ ।
५० वर्षअघि नै एउटा वृद्धाश्रम खोल्ने सपना देखेको र यसैको फलस्वरूप सञ्जीवनी बाटिका नामक सामाजिक संस्था दर्ता गराएर वृद्धाश्रम निर्माण गरेको कांग्रेस नेता मन्सुरले जनाएका छन् । संस्थाको नाममा ८ कट्ठा जग्गा खरिद गरेर विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूको सहयोगमा भवन निर्माण गरिएको मन्सुरले जनाएका छन् । सो वृद्धा आश्रममा कम्तीमा सय जना वृद्धवृद्धाहरुलाई राख्न सकिने भए पनि तत्कालका लागि १५ जनालाई व्यवस्थापन गर्न सकिने मन्सुरले जनाएका छन् ।
२०६६ सालमा शिलान्यास भएर हालै निर्माण सम्पन्न गरिएको वृद्धाश्रम भौतिक पूर्वाधारको हिसाबले सुविधा सम्पन्न रहेको छ । वृद्धा आश्रममा भोजन कक्ष, भजन कीर्तन, टेलिभिजन तथा योगा कक्ष आदि निर्माण गरिएका छ, भने आँप लिचीका बगैँचा, प्रभातकालीन भ्रमण पथ, फूलबारी सहित चिटिक्क पारेर सजावट समेत गरिएको छ ।
आश्रममा त्यहाँ बस्न चाहने ज्येष्ठ नागरिकको लागि निःशुल्क खानाको व्यवस्था, बिहान चिया, नौ बजे बिहानी खाना, दिउँसो नास्ता र बेलुका खाना व्यवस्था गर्ने तयारी छ ।
प्रत्येक व्यक्तिलाई एउटा पलङ, बिछ्यौना, झुल, थाल कचौरा गिलास बोतल, अल्मारी, औषधी बाकसलगायत उपलब्ध गराइने र आफ्नो व्यक्तिगत सरसफाइ भने आफैँ गर्न सक्नुपर्ने मन्सुरले जनाएका छन् । सो बाटिकामा बस्नका इच्छुक मानिसको हकमा ६० वर्ष पूरा भएको, नेपाली नागरिकता भएको हुनुपर्ने तर जुनसुकै जाति, धर्म तथा वर्गको भए पनि बाटिकामा आउन र बस्न, खान समस्या नहुने जनाइएको छ ।
वृद्धाश्रम सञ्चालनका लागि हाल राष्ट्रिय वाणिज्य बैक सिमरामा सञ्जीवनी बाटिकाको नाममा हाल १० लाखको अक्षयकोष खडा गरिएको छ भने यसलाई एक करोडसम्म पुर्याउने लक्ष्य राखिएको संस्थाका अध्यक्ष समेत रहेका मन्सुरले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण