संकटग्रस्त अर्थतन्त्र सुधारबारे ठोस नीति छैन : कमल थापा
शुक्रबार, ०५ जेठ २०८०, २० : २७
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रम अनावश्यक ढंगको लामो र पट्यारलाग्दो भएको प्रतिक्रिया दिएका छन् ।
अधिकांश पुरानै नीति र कार्यक्रमको कपिपेष्ट गरी शब्द र सन्दर्भ तलमाथि पारिएको भन्दै थापाले नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने बताएका हुन् ।
उनले संकटग्रस्त अर्थतन्त्र सुधारबारे कुनै ठोस नीति नभएको भन्दै सनातन धर्म संस्कृति संरक्षणमा प्रतिबद्धताको अभाव भएको बताए ।
रोजगारी सिर्जनामा ओठे प्रतिबद्धता मात्र भएको भन्दै उनले कुनै भरपर्दो नीति कार्यक्रम नदेखिएको बताए ।
भ्रष्टाचार निवारणमा ठोस नीतिगत एवं संरचनात्मक सुधार नआएको भन्दै उनले शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी बढाउने नीतिलाई भने राम्रो मान्न सकिने टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण