वीरगन्जमा रोकिएका १९५० सवारी चोभार ल्याइने

काठमाडौँ । वीरगन्ज सुख्खा बन्दरगाहमा आएर जाँचपास नभएका सवारी साधनलाई चोभार सुख्खा बन्दरगाहबाट जाँचपास गरिने भएको छ । भन्सारमा रोकिएका १९५० वटा सवारी साधनको जाँचपास चोभार भन्सारबाट गर्ने कानुनी व्यवस्था पुरा भएको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आषिश गजुरेलले बिरगंजमा रोकिएका जिप र भ्यानलाई चोभार सुख्खा बन्दरगाहमा ल्याउन कानुन व्यवस्था भइसकेको जानकारी दिएका हुन् । उनले नाडा अटामोबाइल्स एसोसिएसनसँगको छलफलका क्रममा यस्तो बताएका हुन् ।
यस्तै, गजुरेलले विदेशबाट आयात गाडी सिधै चोभार सुख्खा बन्दरगाहमा ल्याउन समेत व्यवसायीलाई अनुरोध गरे । नाडाका अध्यक्ष धुव्र थापाले चोभार बन्दरगाहबाट भन्सार जाँचपास गर्नेगरी नयाँ एलसी (बैंक ग्यारेन्टी) खोलिसकेको र गाडीहरु चोभारबाटै जाँचपास गर्न निजी क्षेत्र तयार रहेको बताए ।
इन्टरमोडलले चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा चलाउनका लागि विभिन्न स्टेकहोल्डर्ससँग छलफल गरिरहेको छ । उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल फ्रेट फरवार्डस एसोसिएशन र नेपाल ट्रक व्यवसायी महासंघसँग आज पनि छलफल गरेको छ ।
हाल चोभार सुख्खा बन्दरगाहमा दैनिक २ देखि ३ वटा सवारी भन्सार जाँचपासका लागि आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त लोकतान्त्रिक मोर्चाले काठमाडौंमा बृहत कार्यक्रम गर्ने
-
आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने भएपछि बेंगलुरु उत्साही
-
मलेसिया रोजगारमा सिण्डिकेट लागू गर्न खोजिएको भन्दै व्यवसायीहरूले थाले विरोध
-
उडानका क्रममा एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने भारतीय यात्रीलाई जेल
-
बट्लरको स्थानमा यी खेलाडीलाई भित्र्याउँदै गुजरात
-
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा