उपसचिवलाई मुक्का हान्ने वडाध्यक्षद्वारा महिला सेवाग्राहीलाई दुर्व्यवहार भएपछि...
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिं विष्टले महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको भन्दै महिलाहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले वडाध्यक्ष विष्टलाई हत्कडी लगाएर पक्राउ गर्न अनुरोध गरेका छन् । सेवा लिनका लागि वडा कार्यालयमा आएका महिलाहरुमाथि उनले दुर्व्यवहार गरेको महिलाहरुको आरोप छ ।
आन्दोलन चक्रिएपछि यतिबेला प्रहरीहरु वडा कार्यालयमा तैनाथ गरिएको छ । विष्टले गुण्डाहरु प्रयोग गरेर आफूहरुमाथि दुर्व्यवहार गरेको बताएका छन् । ‘वडाध्यक्षले हामीलाई बाहिर जानुस् भनेर भने, हामी सेवा लिन आएको हो भन्दा उनले आफ्ना गुण्डाहरु प्रयोग गरेर हामीलाई बाहिर निकाल्ने प्रयास गरे,’ आन्दोलित महिलाहरुको भनाई छ ।
वडाध्यक्ष विष्टले केही समयअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत उपसचिव नेत्र कार्कीलाई मुक्का हानेको भिडिओ भाइरल भएको थियो । नेकपा एमालेबाट निर्वाचित विष्टले वडा कार्यालयमा मनोमानी ढंगले चल्ने, कसैले भनेको नमान्ने गरेको सोही वडाका वडासदस्यहरु बताउँछन् ।
उनी आफ्नै व्यवहारका कारण पटक–पटक विवादमा आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण