प्रदेशको नामकरणपछि भएको अशान्ति समाधान गर्न कोशी प्रदेश कांग्रेसको माग
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिले प्रदेशको नाम कोशी राखेपछि सिर्जना भएको अशान्ति र हिंसा बन्द गर्न आग्रह गरेको छ । कांग्रेस प्रदेश सभापति तथा संसदीय दलका नेता उद्दव थापाले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । विज्ञप्तिमा प्रदेश सरकारले आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन माग गरिएको छ ।
‘आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकट गर्ने, कर्फ्यु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुर्व्यवहार गर्ने कार्य रोक्न आग्रह गर्दै परिस्थितिलाई शान्त बनाउदै शान्तिपूर्ण निकास र समस्या समाधानको लागि सबै पक्षबाट सकारात्मक पहलको लागि आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । साथै कांग्रेसले आन्दोलनरत सम्पूर्ण पक्षलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरी आफ्ना जायज मागहरु राख्न आग्रह गरेको छ ।
‘कोशी प्रदेश सरकारलाई तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाई उचित मागहरुलाई यथासक्य सम्बोधन गर्नहुन ध्यानाकर्षण गराउँदछौं’ विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले प्रदेशको नामकरणपश्चात उत्पन्न भएको परिस्थितिका कारण बेलबारी २ लालभित्ती मोरङ्ग निवासी पदमबहादुर लिम्बू लाजेहाङको आन्दोलनकै क्रममा मृत्यु भएकोप्रति दुःख व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण