वैदेशिक रोजगारीमा जाने नेपालीबाट १० महिनामा ७५ करोड बराबरको ठगी
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने क्रममा दिनप्रतिदिन बढिरहेको छ । चालु आर्थिक वर्ष १० महिनामा मात्र ७५ करोड भन्दा बढीको ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गैर कानुनी रूपमा बिचौलिया तथा दलालहरूले बिचौलिया र एजेन्टहरूले ७५ करोड ७७ लाख भन्दा बढीको ठगी गरेको पाइएको हो । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा ठगीमा परेको भन्दै ९२५ उजुरी विभागमा परेका छन् ।
उनीहरूले ७५ करोड ७७ लाख ४१ हजार २१४ रुपैयाँ बराबरको रकम दाबी गरेका छन् । यसरी ठगी गर्नेमा वैदेशिक रोजगारीमा श्रमिक पठाउने अनुमति नपाएका एजेन्ट तथा दलालहरू बढी देखिएका छन् । इजाजत लिएर कामदार पठाइरहेका कम्पनीहरूले समेत कामदारबाट मोटो रकम लिएर पठाउने गरेका छन् । तर, त्यस्ता खालका उजुरी कम आउने गरेको विभागले जनाएको छ ।
विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार यसरी ठगिनेमा अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६९५ उजुरी परेका थिए । जसमा ५० करोड ४४ लाख ६१ हजार रकम दाबी गरिएको थियो । वैशाख महिनामा मात्र १०४ उजुरी परेको विभागको तथ्याङ्कले देखाएको छ । यसरी उजुरी परेका ९२५ मध्ये ७७ वटा उजुरी अदालतसम्म पुगेका छन् ।
ठगी गरेको आरोपमा विभागले प्रहरीको सहयोगमा १७६ बिचौलियालाई पक्राउ गरेको देखिन्छ । त्यस्तै विभागको रोहबरमा १३५ उजुरीमाथि मिलापत्र गराइएको छ । त्यसरी मिलापत्र गराउँदा एजेन्टहरूले ९ करोड ४३ लाख रुपैयाँ फिर्ता गरेका छन् ।
विभागले प्रमाणको आधारमा अदालतमा मुद्दा दायर गर्ने, मिलापत्र गराएर बढी लिएको रकम फिर्ता गराउने लगायतका काम गर्दै आएको छ । वैदेशिक रोजगारीमा जाने कामदार ठगिने घटना बढ्दै गएपछि सरकारले यो विषय निकै गम्भीर देखिएको छ । आफू कुनै समस्यामा परेको खण्डमा तत्काल सम्पर्क गर्न भन्दै २४ घण्टा नै हटलाइने सेवा सञ्चालन गर्दै आएको छ । त्यस्तै उजुरी पर्ने वितिक्कै प्रहरीको सहयोगमा एक्सन लिने गरेको सूचना अधिकारी सुवेदीले बताए ।
त्यस्तै विभागले म्यानपावर व्यवसायीमाथि अनुगमन गर्नका लागि निर्देशकको नेतृत्वमा तीनवटा समिति समेत गठन गरेको छ । ती समितिहरूले आवश्यकताको आधारमा अनुगमन गर्ने, छापा हान्ने लगायतका काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण