सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिकमद्वारा जुम्ला र कालीकोटमा ‘एनटी फाइबर’ शुभारम्भ, प्याकेजको कति पर्छ ?

शुक्रबार, १२ जेठ २०८०, १७ : ४४
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ । जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा सो सेवाको शुभारम्भ गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेतका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लामा ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुभारम्भ गरे ।

एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गरी अब त्यस क्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् । यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच सेवा उपलब्ध गराइसकेको छ । 

फाइबर टु द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकै पटक चार वटा सुविधा लिन सकिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । यसबाट एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिने उनको भनाइ छ । एउटै तारबाट आवश्यकता अनुसार चार वटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान  अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ । 

हाल स्प्रिङ अफर अन्तर्गत डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज वार्षिक रु. ८,००० मा उपलब्ध  छ । त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकलाई वार्षिक रु. १२,००० मा २० एमबीपीएसको इन्टरनेट, ३,००० मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप