नक्कली भुटानी शरणार्थी प्रकरण : दुई जनाको बयान सकियो
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुई जनाको बयान सकिएको छ । शुक्रवार काठमाडौँ जिल्ला अदालतमा दुई जनाको बयान सकिएको हो ।
जिल्ला अदालत काठमाडौँका जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सागर राई र केशव प्रसाद दुलालको बयान सकिएकाे छ । उनीहरू भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए । सो प्रकरणमा अहिलेसम्म १७ जना पक्राउ परेका छन् ।
नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रुपैयाँभन्दा बढी उठाएको आरोप छ ।
उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण