सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा एक नेपालीकाे मृत्यु

शुक्रबार, १२ जेठ २०८०, १९ : ०५
शुक्रबार, १२ जेठ २०८०

जापान । विद्यार्थी भिषामा जापान आएका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमका अमृत बुढा रहेका छन् । 

जापानको चुकुवा सिटीको कानामेमा बस्ने र सोही ठाउँको कम्पनीमा समेत काम गर्दै आएका ३४ वर्षीय बुढा केही दिनअघि आफू बस्ने कोठामै मृत फेला परेको नेपाली दूतावास जापानले जनाएको छ ।  

मृतक बुढाले अप्रिलदेखि कम्पनीमा काम सुरु गरेको तथा मेको २ तारिखदेखि काममा गएका थिएनन् । खोजबिनपछि  मृत फेला परेसँगै कम्पनीले प्रहरीलाई जानकारी गराएको पाइएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले बताए । उनका अनुसार सडेगलेको अवस्थामा शव फेला परेको र प्रहरीले दूतावासलाई जानकारी गराए पश्चात् मात्र मृत्युको खबर बाहिरिएको थियो । 

बुढाको मृत्यु के कारणले भएको हो भन्ने बारेमा आवश्यक जानकारी लिन र त्यससम्बन्धी आवश्यक पक्रियाको लागि सहयोग गर्न नेपाली दूतावाससहित एनआरएनए जापानको एक टोलीले शुक्रवार प्रहरी र कम्पनीसँग आवश्यक जानकारी लिएको निउरेले बताए  ।

कम्पनी, प्रहरी, दूतावास र एनआरएनए जापानको आवश्यक समन्वयमा  मृतक बुढाको परिवारलाई यसबारे जानकारी दिएर आवश्यक सल्लाहमा अन्तिम संस्कार गरिने व्यवस्था मिलाउन सहयोग गरिने निउरेले बताए । 

घटनाको छानबिनका लागि शवलाई अहिले प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप