जापानमा एक नेपालीकाे मृत्यु
जापान । विद्यार्थी भिषामा जापान आएका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमका अमृत बुढा रहेका छन् ।
जापानको चुकुवा सिटीको कानामेमा बस्ने र सोही ठाउँको कम्पनीमा समेत काम गर्दै आएका ३४ वर्षीय बुढा केही दिनअघि आफू बस्ने कोठामै मृत फेला परेको नेपाली दूतावास जापानले जनाएको छ ।
मृतक बुढाले अप्रिलदेखि कम्पनीमा काम सुरु गरेको तथा मेको २ तारिखदेखि काममा गएका थिएनन् । खोजबिनपछि मृत फेला परेसँगै कम्पनीले प्रहरीलाई जानकारी गराएको पाइएको एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन निउरेले बताए । उनका अनुसार सडेगलेको अवस्थामा शव फेला परेको र प्रहरीले दूतावासलाई जानकारी गराए पश्चात् मात्र मृत्युको खबर बाहिरिएको थियो ।
बुढाको मृत्यु के कारणले भएको हो भन्ने बारेमा आवश्यक जानकारी लिन र त्यससम्बन्धी आवश्यक पक्रियाको लागि सहयोग गर्न नेपाली दूतावाससहित एनआरएनए जापानको एक टोलीले शुक्रवार प्रहरी र कम्पनीसँग आवश्यक जानकारी लिएको निउरेले बताए ।
कम्पनी, प्रहरी, दूतावास र एनआरएनए जापानको आवश्यक समन्वयमा मृतक बुढाको परिवारलाई यसबारे जानकारी दिएर आवश्यक सल्लाहमा अन्तिम संस्कार गरिने व्यवस्था मिलाउन सहयोग गरिने निउरेले बताए ।
घटनाको छानबिनका लागि शवलाई अहिले प्रहरीले आफ्नो नियन्त्रणमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण