करिब दुई दर्जन कलाकर्मी एकसाथ सम्मानित
काठमाडौँ । करिब दुई दर्जन कलाकर्मी एकसाथ सम्मानित भएका छन् । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ काठमाडौँले आयोजना गरेको ‘राष्ट्रिय स्रष्टा सम्मान तथा बृहद सांस्कृतिक कार्यक्रम’ कलाकर्मीलाई एकसाथ सम्मान दिइएको हो ।
कार्यक्रममा सम्मानित हुनेमा वरिष्ठ गायिका ज्ञानु राना, गायक घमेश दुलाल, नवराज घोरासैनी, यसकुमार, रामचन्द्र काफ्ले, ओम सुनार, जुनु रिजाल, पल्मु शेर्पा, गीतकार राजेन्द्र पुरी, मोडेल अमन श्रेष्ठ, आर्यन राउत, गणेश राज भण्डारी, शोभा थापा, रमन रायमाझी, प्रकाश पुरी र छायांकार नरेश ऐर, सङ्गीतकार एरेन्जर दीपकराज विश्वकर्मा, गायक सङ्गीतकार एरेन्जर पुस्कर सुनुवार, एडिटर विष्णु खड्का, सङ्गीतकार कलाकार दिलीप के.सी, गीतकार समाजसेवी प्रतिमा गुरुङ, कलाकार नलिना परियार, गीतकार शंकरदेव कँडेल, गुरु भोटिया, रंग पत्रकार कुबेरराज गिरी, राजेन्द्र विक्रम शाही लगायत रहेका थिए ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष निरेन श्रेष्ठ लगायतले खादा तथा सम्मान पत्रले सबैलाई सम्मानित गरेका थिए । उक्त अवसरमा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ, पप गायक दीपेश वैद्य, निमा पाख्रिन लामा, मोडेल एलिजिबा पुर्जा पुनलाई संघको मानार्थ सदस्य समेत वितरण गरिएको थियो ।
विभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न कार्यक्रम ३ घण्टासम्म चलेको थियो । कलाकर्मीको योगदानको मूल्याङ्कन गर्दै उच्च सम्मानका लागि कार्यक्रम आयोजना गरिएको आयोजक सङ्गीतकार सङ्घका अध्यक्ष निरेन श्रेष्ठले बताए । श्रेष्ठ म्युजिक भिडियो निर्देशक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण