आर्थिक विधेयक–कुन सवारी साधनको सडक दस्तुर कति ?
काठमाडौँ । सरकाले आगामी आर्थिक वर्षमा लाग्ने सडक दस्तुरको दर सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत आर्थिक विधेयक पारित गर्दै विभिन्न क्षमताका सवारी साधनले तिर्नुपर्ने सवारी दस्तुर सार्वजनिक गरेको हो ।
यसअनुसार मिनीबस, माइक्रोबस, ट्रक, ट्रिपर, डम्पर, लरी, ट्रकलरी, मिनीट्रक, बन्द कन्टेनरसहितको ट्रक, सिमेन्ट बल्करले वार्षिक मूल्यको ७ प्रतिशत सडक निर्माण दस्तुर बुझाउनुपर्ने व्यवस्था गरेको छ ।
यस्तै, २००० सीसीसम्मका कार, जीप, भ्यानह, सिंगल र डबल पिकअप गाडी तथा डेलिभरी भ्यानले मूल्यको ८ प्रतिशत सडक दस्तुर बुझाउनुपर्ने भएको छ भने २ हजारभन्दा माथिका कार, जीप, भ्यान, सिंगल र डबल क्याब पिकअप गाडी तथा डेलिभरी भ्यानले मूल्यको १० प्रतिशत सडक दस्तुर बुझाउनुपर्छ ।
यस्तै, धक्का दिने विद्युतीय मोटर भएका कार, जीप, भ्यान (तीन पाङ्ग्रे) बाहेकले मूल्यको ५ प्रतिशत दस्तुर तिर्नपर्ने छ भने धक्का दिने विद्युतीय मोटर भएका बस, मिनिबस, माइक्रोबसको दस्तुर मूल्यको २.५ प्रतिशत मात्र पर्ने बताइएको छ ।
यस्तै, १२५ सीसीसम्म क्षमता क्षमताका मोटरसाइकलले प्रतिगोटा १५ हजार दस्तुर बुझाउनुपर्ने छ भने १२५ देखि २५० सीसीसम्मका मोटरसाइकल स्कुटरले १८ हजार दस्तुर बुझाउनुपर्ने छ । यसका साथै, ४०० सीसीसम्म क्षमता भएका मोटरसाइलक र स्कुटरले प्रतिगोटा २० हजार दस्तुर बुझाउनुपर्ने छ भने ४०० भन्दा बढी सीसीका मोटरसाइकलको सडक दस्तुर मूल्यको १० प्रतिशत हुनेछ ।
यसका साथै, धक्का दिने विद्युतीय मोटर मात्र भएका मोटरसाइकल र स्कुटरको सडक दस्तुर १० हजार रुपैयाँ तोकिएको छ भने धक्का दिने विद्युतीय मोटर मात्र भएका तीन पाङ्ग्रे र ढुवानी साधनको सडक दस्तुर प्रतिगोटा १० हजार रुपैयाँ नै लाग्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण