७ प्रदेशका लागि १ खर्ब ५ अर्ब वित्तीय हस्तान्तरण : कुन प्रदेशले कति पाए ?
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले ७ वटा प्रदेशका लागि कूल १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख रुपैयाँ छुट्याएको छ । यस्तो बजेट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार शीर्षकको अनुदानमा उपलब्ध गराएको हो ।
अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि प्रदेशतर्फ जाने अनुदानहरूको बाँडफाँड क्रमशः समानीकरण अनुदानतर्फ १३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ३५ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ४ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ६ अर्ब २२ करोड १६ लाख रुपैयाँ छुट्याइएको छ ।
कुन प्रदेशले कति पाए बजेट अनुदान ?
–कोशी प्रदेश, १६ अर्ब ११ करोड ७० लाख रुपैयाँ
–मधेस प्रदेश, १३ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ
–बागमती प्रदेश, १५ अर्ब ८१ करोड २३ लाख रुपैयाँ
–गण्डकी प्रदेश, १३ अर्ब ६० करोड ४० लाख रुपैयाँ
–लुम्बिनी प्रदेश, १५ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ
–कर्णाली प्रदेश, १६ अर्ब २७ करोड ३९ लाख रुपैयाँ
–सुदूरपश्चिम प्रदेश, १४ अर्ब ४२ करोड १९ लाख रुपैयाँ प्रदान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण