७ प्रदेशका लागि १ खर्ब ५ अर्ब वित्तीय हस्तान्तरण : कुन प्रदेशले कति पाए ?

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले ७ वटा प्रदेशका लागि कूल १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख रुपैयाँ छुट्याएको छ । यस्तो बजेट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार शीर्षकको अनुदानमा उपलब्ध गराएको हो ।
अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि प्रदेशतर्फ जाने अनुदानहरूको बाँडफाँड क्रमशः समानीकरण अनुदानतर्फ १३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ३५ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ४ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ६ अर्ब २२ करोड १६ लाख रुपैयाँ छुट्याइएको छ ।
कुन प्रदेशले कति पाए बजेट अनुदान ?
–कोशी प्रदेश, १६ अर्ब ११ करोड ७० लाख रुपैयाँ
–मधेस प्रदेश, १३ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ
–बागमती प्रदेश, १५ अर्ब ८१ करोड २३ लाख रुपैयाँ
–गण्डकी प्रदेश, १३ अर्ब ६० करोड ४० लाख रुपैयाँ
–लुम्बिनी प्रदेश, १५ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ
–कर्णाली प्रदेश, १६ अर्ब २७ करोड ३९ लाख रुपैयाँ
–सुदूरपश्चिम प्रदेश, १४ अर्ब ४२ करोड १९ लाख रुपैयाँ प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी