शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
बजेट

६ महानगरपालिकासहित ७५३ स्थानीय तहलाई २ खर्ब ९५ अर्ब हस्तान्तरण, कसले कति पाए ?

सबैभन्दा बढी पोखरा महानगर र हेटौँडा उपमहानगरलाई
मङ्गलबार, १६ जेठ २०८०, १६ : ४७
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तरगत केन्द्रले ६ वटा महानगरपालिकासहित ११ वटा उप–महानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ७५३ वटै स्थानीय तहलाई राजस्व बाँडफाँड तथा अनुदान बापत उक्त रकम उपलब्ध गराएको हो । 

यस्तो वित्तीय हस्तान्तरण समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार शीर्षका उपलब्ध गराइनेछ । अन्तरसरकारी वित्तीय हस्तान्तरण अनुसार यो वर्ष ६ वटा महानगरपालिकाले १० अर्ब ३१ करोड ९८ लाख रुपैयाँ पाएको छ भने ११ वटा उपमहानगरपालिकाले १० अर्ब ४२ करोड २२ लाख रुपैयाँ, २७६ नगरपालिकाले १ खर्ब ३१ अर्ब २१ करोड ४३ लाख रुपैयाँ र ४६० वटा गाउँपालिकाले १ खर्ब ४३ अर्ब ६ करोड ३९ लाख रुपैयाँ अनुदान पाएका छन् । 

६ वटा महानगरपालिका कुनले कति पाए ?

विराटनगर महानगरपालिका– १ अर्ब १९ करोड २४ लाख रुपैयाँ

वीरगञ्ज महानगरपालिका– १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ

भरतपुर महानगरपालिका– १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ

काठमाडौँ महानगरपालिका– २ अर्ब १४ करोड ३१ लाख रुपैयाँ

पोखरा महानगरपालिका– २ अर्ब ७६ करोड ३२ लाख रुपैयाँ

ललितपुर महानगरपालिका– १ अर्ब १३ करोड ८७ लाख रुपैयाँ

११ वटा उप–महानगरपालिका कुनले कति पाए ?

इटहरी उप–महानगरपालिका– १ अर्ब ८ करोड ४९ लाख रुपैयाँ

धरान उप–महानगरपालिका– ९० करोड २ लाख रुपैयाँ

जनकपुरधाम उप–महानगरपालिका– ९४ करोड ४ लाख रुपैयाँ

कलैया उप–महानगरपालिका–८४ करोड ७३ लाख रुपैयाँ

जितपुर–सिमरा उप–महानगरपालिका– ८४ करोड ६३ लाख रुपैयाँ

हेटौँडा उप–महानगरपालिका– १ अर्ब १४ करोड ५० लाख रुपैयाँ

बुटवल उप–महानगरपालिका– ८० करोड ८९ लाख रुपैयाँ

घोराही उप–महानगरपालिका– १ अर्ब ७ करोड ७३ लाख रुपैयाँ

तुल्सीपुर उप–महानगरपालिका– ९५ करोड ९६ लाख रुपैयाँ

नेपालगञ्ज उप–महानगरपालिका– ८८ करोड ३८ लाख रुपैयाँ

धनगढी उप–महानगरपालिका– ९२ करोड ८५ लाख रुपैयाँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप