देउवा निवासमा नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा नेपाल विद्यार्थी संघका नेताहरूले नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी गरेका छन्। बुधबार बिहान धुम्बाराही पुगेका नेविसंघका नेताहरूले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाविरुद्ध नाराबाजी गरेका हुन्।
संगठनलाई गतिदिन नसकेको भन्दै नेविसंघका नेता शुभराम बस्नेत नेतृत्वको टोलीले शेर्पाको राजीनामा माग गरेको हो। संगठनलाई अनिर्णयको बन्दी बनाएको, संगठनलाई गतिदिन नसकेको, कमिटी विस्तारमा ध्यान नदिएर नेविसंघभित्र चरम गुटबन्दी गरेको उनीहरूको आरोप छ।

गत चैत ४ मा भएकाे स्ववियु चुनावमा नेविसंघका अधिकारिक उम्मेदवारविरुद्ध उभिएका सन्देश खाणलाई अध्यक्ष शेर्पाले नेविसंघ शंकरदेव क्याम्पसकाे इकाइ समिति सभापतिकाे पत्र दिएपछि बस्नेतकाे टाेली आक्राेशित छ । यसअघि नेविसंघ शंकरदेव क्याम्पसकाे इकाइ समिति सभापति विवेक लामा घिसिङ थिए । नेविसंघ पूर्व केन्द्रीय सदस्य गिता गुरुङ मनिश थापा, सम्झना खत्रीका साथै उपत्यकाका विभिन्न क्याम्पसमा स्ववियु सभापतिहरु सहभागी थिए ।
बस्नेतकाे टाेलीले नेविसंघ अध्यक्ष शेर्पाका साथै तरुण दलका अध्यक्ष विद्वान गुरुङकाे पनि राजीनामा मागेकाे थियाे । टाेलीमा सभापति देउवाद्वारा गत २०७८ फागुन ९ मा नेविसंघकाे अध्यक्षमा शेर्पा र तरुण दलकाे अध्यक्षमा गुरुङलाई मनाेनित गरेका थिए । अहिलेसम्म नेविसंघ र तरुण दल विस्तार समेत हुन सकेकाे छैन ।
केही समयअघि नेविसंघ र तरुणा दल विस्तारकाे तयारी भएपनि पछिल्लाे भए कांग्रेसभित्र अहिले नयाँ कमिटी ल्याउनुपर्ने आवाज उठेकाे छ । बस्नेतकाे टाेलीले पनि सभापति देउवा र नेतृ आरजु राणा देउवालाई शेर्पा र गुरुङलाई बर्खास्त गरेर विधानसम्मत नयाँ कमिटी ल्याउन माग गरेकाे थियाे । देउवा दम्पती शेर्पा र गुरुङलाई बर्खास्त गरेर नयाँ कमिटी ल्याउन सकारात्मक देखिएकाे नेविसंघका नेता मदनराज उपाध्यायले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेल मैदानबाट खेल प्रशासनमा पूर्व खेलाडी : उपाध्यक्ष विशाल श्रेष्ठसहित ५ जनाले सम्हाले जिम्मेवारी
-
सांसद सिंहले भने : बजेट कार्यान्वयन हुने विश्वास छैन
-
मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
-
सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह
-
अमेरिकी सेनाको आक्रमणपछि हराइरहेका ३ जना भारतीयको मृत्यु
-
दक्षिण अफ्रिकाका मिडफिल्ड जादुगर टेबोहो मोकोएना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण