झलनाथ खनाल सहभागी कार्यक्रममा नाराबाजी गर्ने ९ जना पक्राउ
काठमाडौँ । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहितका कम्युनिष्ट नेता सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा एकजना युवाले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गरे । त्यसपछि उनीहरुले सामूहिक रुपमा नाराबाजी गरेका हुन् ।
कार्यक्रममा झलनाथ खनाल, नेकपा क्रान्तिकारी (माओवादी) सिपी गजुरेल र पूर्व गभर्नर डा.दिपेन्द्र क्षेत्री सहभागी थिए । हुलदंगा गर्ने ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा सन्तोष राजाबादीसहित ९ जना छन् । पूर्व प्रधानमन्त्री खनाललाई गाली–गलौज गर्दै आक्रोशित समूहले ‘सर्प चोर देश छोड’ भन्ने नारा लगाएका थिए । नेताहरुलाई ‘दलाल’ को आरोप लगाएका उनीहरुले मुलुकको सम्वृद्धिका लागी ‘पूर्व राजाले वार्ता गर्ने’ बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेल मैदानबाट खेल प्रशासनमा पूर्व खेलाडी : उपाध्यक्ष विशाल श्रेष्ठसहित ५ जनाले सम्हाले जिम्मेवारी
-
सांसद सिंहले भने : बजेट कार्यान्वयन हुने विश्वास छैन
-
मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
-
सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह
-
अमेरिकी सेनाको आक्रमणपछि हराइरहेका ३ जना भारतीयको मृत्यु
-
दक्षिण अफ्रिकाका मिडफिल्ड जादुगर टेबोहो मोकोएना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण