बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बारा–पर्सा औद्योगिक करिडोरका स्थानीय तहले करको दरमा एकरुपता ल्याउने

शुक्रबार, १९ जेठ २०८०, १५ : ४९
शुक्रबार, १९ जेठ २०८०

बारा । वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा पर्ने नीय तहले करको दरमा एकरुपता ल्याउने भएका छन् । सो करिडोरमा पर्ने वीरगञ्ज महानगरपालिका, जीतपुर सिमरा उपमहानगर र परवानीपुर गाँउपालिकाले अगामी आर्थिक वर्षको लागि करको दरमा एक रुपता ल्याउने भएका हुन् । वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहको कार्यकक्षमा आज बसेको बैठकमा ३ वटै पालिका प्रमुखहरुले अगामी आर्थिक वर्ष २०८०/०८१ मा करको दरका एकरुपता ल्याउने सहमति जनाएका छन् । साथै त्यसका लागि तीन सदस्यीय कार्यदल समेत गठन गर्ने निर्णय भएको जीतपुर सिमरा उपमहान राजस्व शाखामा रामप्रसाद शर्माले जनाएका छन् ।  

समितिमा जितपुर सिमरा उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख रामप्रसाद शर्मा र परवानीपुर गाउँपालिकाका राजस्व शाखा प्रमुख कृष्णप्रसाद यादव सदस्य छन् । कार्यदलले यस क्षेत्रमा कुन विषयमा कति कर लगाउन उपयूक्त देखिन्छ भन्नेबारे अध्ययन गरेर तीन दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ । कार्यदलले अध्ययन गरेर प्रतिवेदन दिएपछि पुनः बैठक बसेर त्यसबारेमा थप निर्णय लिइने जितपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले बताए ।

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले औद्योगिक करिडोरमा पर्ने तीनैवटा सरकारले यहाँका उद्योगी–व्यवसायी तथा स्थानीयको सहजताका लागि करको दरमा एकरुपता ल्याउन खोजिएको बताए । महानगर प्रमुख सिंहको अध्यक्षतामा बसेको बैठकमा जितपुर सिमराका प्रमुख राजन पौडेल, वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, जितपुर सिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी, परवानीपुर गाउँपालिकाका प्रमुख रामप्रसाद क्षेत्री कुर्मी, वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, जितपुरसिमराका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार लगायत सहभागी भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप