सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
भिक्ट्री डेमा रुसको शक्ति प्रदर्शन, तस्बिरहरू
गोलार्द्ध

भिक्ट्री डेमा रुसको शक्ति प्रदर्शन, तस्बिरहरू

शनिबार, २७ वैशाख २०८२

मस्को । रुसले सोभियत सङ्घको ‘ग्रेट प्याट्रियोटिक युद्ध’ को ८०औं विजय दिवस मनाउन मस्कोको रेड स्क्वायरमा भव्य सैन्य परेड आयोजना गरेको छ ।

victory day (2)

उक्त परेडको शुभारम्भ रुसी राष्ट्रिय झण्डाबाट गरिएको थियो । कार्यक्रममा १३ मित्र राष्ट्रका सैन्य टोलीहरूले सहभागिता जनाएका थिए भने २० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ विशिष्ट व्यक्तिहरूले आफ्नो उपस्थिति जनाए ।

victory day (3)

समारोहलाई सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विजय दिवसलाई राष्ट्रको गौरव, बलिदान र ऐतिहासिक स्मृतिको प्रतीकका रूपमा स्मरण गरे । उनले द्वितीय विश्वयुद्धको यथार्थ इतिहासको संरक्षणको आवश्यकता औँल्याउँदै त्यसलाई विकृत गर्न खोज्ने प्रयासहरूलाई दृढतापूर्वक अस्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

victory day (4)

राष्ट्रपति पुटिनले मित्र राष्ट्रहरूका सैनिक, प्रतिरोध आन्दोलनका सदस्यहरू, चिनियाँ जनताको अद्भुत साहस र योगदानप्रति विशेष कृतज्ञता प्रकट गरे । रुसी सेनाका कमान्डर जनरल ओलेग साल्युकोवको नेतृत्वमा सम्पन्न परेडमा ११ हजार भन्दा बढी सैन्यकर्मी तथा १८३ थान सैन्य उपकरणहरूको प्रदर्शन गरिएको थियो । प्रदर्शनमा ऐतिहासिक टी–३४ ट्याङ्क, यार्स अन्तरमहादेशीय क्षेप्यास्त्र प्रणाली, टोर्नाडो–एस रकेट प्रणाली, एस–४०० वायु सुरक्षा प्रणालीका साथै ल्यान्सेट र गेरान ड्रोनहरू समावेश थिए ।

समारोहपश्चात राष्ट्रपति पुटिन तथा सहभागी विदेशी अतिथिहरूले अलेक्जेन्डर गार्डेनस्थित अज्ञात सैनिकको समाधिमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरे ।

victory day (1)victory day (5)victory day (6)victory day (7)victory day (8)victory day (9)victory day (10)victory day (11)victory day (12)victory day (13)victory day (14)

तस्बिर : रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया