बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
गर्मी छल्न स्विमिङ पुलमा डुबुल्की, तस्बिरहरू
फोटोफिचर

गर्मी छल्न स्विमिङ पुलमा डुबुल्की, तस्बिरहरू

शनिबार, २० जेठ २०८०

काठमाडौँ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ ।  तराईका केही जिल्लामा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेर गर्मी बढ्ने देखिन्छ भने काठमाडौँ उपत्यकामा पनि क्रमिक रुपमा तापक्रम बढिरहेको छ ।

गर्मी बढेसँगै काठमाडौँका पौडी पोखरीमा मानिसहरूको भीड बढेको छ | मानिसहरू शरीर शीतल बनाउनका साथै गर्मीबाट बच्न पौडी खेल्न जाने गरेका छन् | मौसमविद्हरूले तत्काल पानी नपर्ने र तापमान अझै बढ्ने चेतावनी दिएका छन् | आगामी दिनमा काठमाडौँका पौडी पोखरीमा भीड बढ्दै जाने निश्चित प्राय नै छ |

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया