वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा
सारांश
- वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह निलम्बनमा परेका छन्।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
- अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित मुद्दा दायर गरिएको छ।
काठमाडौँ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंह निलम्बनमा परेका छन्।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहविरुद्ध विशेष अदालत काठमाडौँमा अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित मुद्दा दायर गरेसँगै सिंह निलम्बनमा परेका हुन् ।
भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पदमा भएका व्यक्तिको पद निलम्बन हुने कानुनी व्यवस्था छ।
सिंहले सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी नागरिकता दिलाएका थिए ।
यस कार्यमा वीरगन्ज महानगरपालिकाका तत्कालीन कर्मचारी, जिल्ला प्रशासन कार्यालयका अधिकृत र गृह मन्त्रालयका छानबिन समितिका सदस्यहरूको समेत मिलेमतो देखिएको अख्तियारको ठहर छ ।
अनुसन्धानका क्रममा मेयर सिंहले रुविना श्रेष्ठको जन्म दर्ता बनाउन आफैँ सूचक बनेर २०७१ कात्तिक २० गते वीरगन्ज वडा नम्बर ३ को कार्यालयमा फाराम भरेका थिए ।
सोही नक्कली जन्मदर्ताका आधारमा २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय, पर्साबाट नागरिकता जारी गराइएको थियो ।अख्तियारले मेयर सिंह र बालिकाकी जैविक आमा रिता भट्टराईलाई मुख्य मतियारको रूपमा मुद्दा दायर गरेको छ ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम मुख्य कसुरदार सरह नै सजाय माग गरिएको छ ।
यस्तै, नक्कली कागजात बनाउन सहयोग गर्ने वीरगन्ज वडा नम्बर ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई र नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेलविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
नागरिकता सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिका संयोजक (तत्कालीन उपसचिव) पुष्कर राना र सदस्य (शाखा अधिकृत) पर्शुराम पोखरेलले दोषीलाई बचाउने नियतले गलत प्रतिवेदन तयार पारेको अख्तियारको दाबी छ।
उनीहरूले प्रमाणहरू नष्ट गरिएको कुरा थाहा पाउँदापाउँदै पनि यथार्थ लुकाएर प्रतिवेदन बुझाएको देखिएकाले उनीहरूविरुद्ध पनि सजायको मागदाबी गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन
-
भलिबल लिगमा अक्सनबाट छानिए यी खेलाडी, को कतिमा बिके ?
-
१० बजे १० समाचार : ओली–प्रचण्ड मिल्दा रिसाए माधव, कांग्रेसले प्रदेशमा गठबन्धनको प्रयास जारी राख्ने
-
निर्मला पन्त प्रकरणका आठ वर्ष पूराः अनुसन्धान अधुरै
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
-
भारतीय परीक्षा प्रणाली सुधारका प्रधानमन्त्री मोदीले गठन गरे कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण