६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
सारांश
- सङ्घीय सरकारले ६ महानगरपालिकालाई ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान दिएको छ ।
- पोखरा महानगरपालिकाले सबैभन्दा धेरै ३ अर्ब १८ करोड ९० लाख रुपैयाँ अनुदान पाएको छ ।
- काठमाडौँ, भरतपुर, वीरगन्ज, ललितपुर र विराटनगर महानगरपालिकाले क्रमशः २ अर्ब २७ करोड ८८ लाख, २ अर्ब ५ करोड १७ लाख, १ अर्ब ९८ करोड ९ लाख, १ अर्ब १४ करोड ५९ लाख र १ अर्ब ७ करोड २८ लाख रुपैयाँ अनुदान पाएका छन् ।
काठमाडौँ । देशका ६ महानगरपालिकाले सङ्घीय सरकारबाट पौने १२ अर्ब रुपैयाँ अनुदान पाएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी विवरण अनुसार ती महानगरहरूले ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान पाएका हुन् ।
महानगरपालिकामध्ये पोखराले सङ्घीय सरकारले दिने अनुदान सबभन्दा धेरै पाएको छ । विवरण अनुसार पोखराले ३ अर्ब १८ करोड ९० लाख अनुदान पाएको छ । जसमा समानीकरण अनुदान ४९ करोड ६७ लाख, सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, समपूरक अनुदान ५ करोड ५० लाख र विशेष अनुदान १ करोड ८२ लाख छ ।
काठमाडौँ महानगरपालिकाले २ अर्ब २७ करोड ८८ लाख अनुदान पाएको छ । जसमा १ अर्ब ६० करोड १८ लाख सशर्त अनुदान छ भने ६७ करोड ७० लाख समानीकरण अनुदान छ । काठमाडौँले विशेष र समपूरक अनुदान पाएको छैन ।
चितवनको भरतपुर महानगरले २ अर्ब ५ करोड १७ लाख अनुदान पाएको छ । जसमा १ अर्ब ६१ करोड ७ लाख सशर्त र ३९ करोड ६५ लाख समानीकरण अनुदान पाएको छ । यस्तै २ करोड ५० लाख समपूरक र १ करोड ९५ लाख विशेष अनुदान पाएको छ ।
वीरगन्ज महानगरपालिकाले १ अर्ब ९८ करोड ९ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये १ अर्ब ६० करोड ६७ लाख रुपैयाँ सशर्त अनुदान, ३५ करोड ३५ लाख समानीकरण अनुदान, ४० लाख विशेष अनुदान र १ करोड ६७ लाख समपूरक अनुदान पाएको छ ।
ललितपुर महानगरपालिकाले १ अर्ब १४ करोड ५९ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ७६ करोड सशर्त अनुदान र ३८ करोड ५९ लाख समानीकरण अनुदान पाएको छ । ललितपुरले विशेष र समपूरक अनुदान भने पाएको छैन ।
विराटनगर महानगरपालिकाले १ अर्ब ७ करोड २८ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ७३ करोड ८५ लाख सशर्त अनुदान र समानीकरण अनुदान ३३ करोड ४३ लाख रुपैयाँ पाएको छ । विराटनगरले पनि विशेष र समपूरक अनुदान पाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण