सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम सरकारमा कांग्रेसले टुङ्ग्यायो मन्त्रीका नाम, आजै शपथ

सोमबार, २५ जेठ २०८३, १७ : ३२
सोमबार, २५ जेठ २०८३

धनगढी । सुदूरपश्चिम सरकारमा सहभागी हुने मन्त्रीको नाम नेपाली कांग्रेसले टुङ्गो लगाएको छ । मन्त्री हेरफेर अन्तर्गत पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्न थालिएको हो ।

जसअनुसार कांग्रेसबाट बेलबहादुर राना मगर (कञ्चनपुर), मानवहादुर रावल (अछाम), जुना दानी (बाजुरा) छन् । उनीहरु तीनै जना दिवानसिंह बिष्ट पक्षका हुन् । यसैगरी मुख्यमन्त्री कमलबहादुर शाह पक्षका दुई जना मन्त्री हुँदैछन् । जसअनुसार विक्रमसिंह धामी (दार्चुला) र मधु भारती (कञ्चनपुर) छन् ।

कांग्रेसभित्रको सन्तुलन मिलाउन दुई खेमाबाट सरकारमा सहभागी गराउन लागिएको हो । बिष्ट खेमाले केही दिन अघि संसदीय दलमा मुख्यमन्त्री तथा संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो ।

नवनियुक्त मन्त्रीहरुको शपथ आजै साँझ ६ बजे हुने बताइएको छ । एमालेबाट मन्त्री हुनेहरुको भने आजै शपथ हुने कि नहुने भन्ने टुङ्गो लागिसकेको छैन । एमालेभित्र बजेटपछि मन्त्री पठाउनुपर्ने भन्ने आवाज उठिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप