गर्मी बढेसँगै हेटौँडाका विद्यालय ६ दिनका लागि बन्द
मकवानपुर । केही दिनयता गर्मी बढेसँगै हेटौँडा उपमहानगरपालिकाका निजी तथा सामुदायिक विद्यालय ६ दिन बन्द हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाले हेटौँडामा अत्यधिक गर्मी बढेकाले आइतबार देखि ६ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि उपमहानगरपालिकाले शुक्रबार निर्णय गर्दै आआफ्नो क्षेत्रमा वडा कार्यालयलाई नै बिदा दिने जिम्मा दिएको थियो । त्यसैअनुसार आज हेटौँडाका केही वडा कार्यालयहरू आफैले निर्णय गरेर आइतबार देखि तीन दिन सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका थिए । तर उपमहानगरपालिकाले शनिबार अर्को निर्णय गर्दै ६ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
आज हेटौँडा उपमहानगरपालिकाले पुनः ६ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने र मौसममा परिवर्तन सँगै विद्यालयहरूको पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण