गर्मी बढेसँगै हेटौँडाका विद्यालय ६ दिनका लागि बन्द
_sCLDfWVnnm.jpg)
मकवानपुर । केही दिनयता गर्मी बढेसँगै हेटौँडा उपमहानगरपालिकाका निजी तथा सामुदायिक विद्यालय ६ दिन बन्द हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाले हेटौँडामा अत्यधिक गर्मी बढेकाले आइतबार देखि ६ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
यसअघि उपमहानगरपालिकाले शुक्रबार निर्णय गर्दै आआफ्नो क्षेत्रमा वडा कार्यालयलाई नै बिदा दिने जिम्मा दिएको थियो । त्यसैअनुसार आज हेटौँडाका केही वडा कार्यालयहरू आफैले निर्णय गरेर आइतबार देखि तीन दिन सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका थिए । तर उपमहानगरपालिकाले शनिबार अर्को निर्णय गर्दै ६ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए ।
आज हेटौँडा उपमहानगरपालिकाले पुनः ६ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने र मौसममा परिवर्तन सँगै विद्यालयहरूको पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने
-
माओवादीले विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन गर्न सबै पक्षसँग परामर्श गर्ने
-
असोज २४ गतेदेखि एमाले मधेस प्रदेश अधिवेशन, लोगो र नारा सार्वजनिक
-
राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले ‘नो भेहकल जोन’ पालना गरेकोमा मेयर बालेनले गरे खुशी व्यक्त
-
मधेसमा सुशासन कायम गर्न एमालेको सरकार बन्नुपर्छ : सचिव भट्टराई
-
टाउकोमा कालोपट्टी बाँधेर शिक्षकहरूले गरे प्रदर्शन