विश्वकप क्यालिफायर
सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाँदै
आइतबार, २१ जेठ २०८०, १४ : ४४
काठमाडौँ । नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्ने भएका छन् । विश्वकप क्यालिफायरका लागि अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि नै दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छ ।
नाबालिग बालात्कारको अभियोगमा उनीमाथि दायर गरिएको मुद्दा हाल न्यायालयमा विचाराधिन अवस्थामा छ । त्यसैले सन्दीप टोलीका अन्य खेलाडीसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् ।
‘अदालतले सन्दीपको मुद्दाको पेसी आगामी असार २९ गतेका लागि सारेको छ । हामी सबैको सामूहिक प्रयासबाट सन्दीपले विश्वकप क्वालिफायर खेल्ने भएका छन् । उनी सोमबार दक्षिण अफ्रिका प्रस्थान गर्दैछन्,’ नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण