बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अवरुद्ध संसद् खुलाउन सत्तापक्ष सचेतकहरुसँग छलफल गर्दै सभामुख

आइतबार, २१ जेठ २०८०, १४ : ५७
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । विपक्षी दलबाट अवरुद्ध भएको प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन गर्न सभामुख देवराज घिमिरेले पहल थालेका छन् । बिहान ११ बजे बसेको बैठक नियमित कार्यसूची प्रवेश गर्न नपाई विपक्षी दलबाट अवरुद्ध भएपछि सभामुख घिमिरेले सत्तापक्ष दलका प्रमुख सचेतकसँग अनौपचारिक छलफल थालेका हुन् । 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्ष ३ दलले राष्ट्रपतिबाट निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम भएको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्णपाठ नआउँदै कैदीलाई आम माफी दिएको विषयमा विरोध जनाएका थिए ।  

प्रमुख प्रतिपक्षी दल एमाले, प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाले वैधानिक प्रक्रियाबाट नागरिकता विधेयक पास गर्ने कामअघि बढाउन माग गर्दै संसदमा प्रधानमन्त्रीको जवाफ माग समेत गरेका थिए । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक रद्द गर्नुपर्ने र भारत भ्रमणका बेला भएका सम्झौताका बारेमा प्रधानमन्त्रीले संसदमा प्रष्ट नपारी सदन सञ्चालन गर्न नदिने राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले रातोपाटीलाई बताए । 

३ दलले बैठक अवरुद्ध गरेपछि १ घण्टाका लागि बैठक स्थगित गरेका सभामुखले प्रधानमन्त्री प्रचण्डलाई संसदमा उपस्थित गराउने विषयमा सत्तापक्षका प्रमुख सचेतकसँग अनौपचारिक छलफल गरिरहेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप